ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–१० भण्डारी टोलका फोक्सो तथा स्वासप्रश्वास नलीको जटिल रोगबाट पीडित अमर बहादुर भण्डारीको उपचार, खाद्यान्न तथा आधारभूत आवश्यकताका लागि दोधारा चाँदनी कम्युनिटी नेटवर्क ग्रुप ले सहयोग अभियान सुरु गरेको छ।

वर्षौंदेखि विकट बस्तीमा एक्लै जीवन बिताइरहेका अमर बहादुरको पीडादायी अवस्था सार्वजनिक भएपछि देश तथा विदेशमा रहेका नेपालीहरू सहयोगका लागि जुट्न थालेका छन्। रोग, गरिबी र एक्लोपनसँग संघर्ष गरिरहेका अमर बहादुरको कथा सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत बाहिर आएपछि धेरै व्यक्तिहरूले सहयोगको हात अगाडि बढाएका हुन्।

अमर बहादुर लामो समयदेखि फोक्सो तथा स्वासप्रश्वास नलीको जटिल रोगबाट पीडित छन्। आर्थिक अभावका कारण नियमित उपचार गर्न नसकिरहेका उनी जीर्ण तथा चुहिने टहरोमा एक्लै बस्दै आएका छन्। परिवारको साथसमेत नभएका उनले जीवनभर विवाह नगरी एक्लै जीवन बिताउँदै आएका छन्।

हालै अमर बहादुरले आफ्नो पीडा सुनाउँदै “मलाई बच्नु छ” भनेपछि उनको अवस्था धेरैको ध्यानाकर्षणको केन्द्र बनेको थियो। उनको यही भावुक आग्रहले देश तथा विदेशमा रहेका नेपालीहरूको मन छोएको स्थानीयवासी बताउँछन्।

यसअघि डा. गगन चौधरीले अमर बहादुरको घरमै पुगेर नेबुलाइजर मेसिन तथा आवश्यक औषधि सहयोग गरेका थिए। अमर बहादुरको घरको अवस्था देखेर आफू भावुक भएको र आगामी दिनमा पनि उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको डा. चौधरीले बताएका थिए।

दोधारा चाँदनी कम्युनिटी नेटवर्क ग्रुपका अनुसार अभियानमार्फत संकलित सहयोग रकम अमर बहादुरको उपचार, औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक आवश्यकतामा खर्च गरिनेछ। अभियान सुरु भएसँगै देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त हुन थालेको समूहले जनाएको छ।

समूहले मानवताको भावनाका साथ अभियानमा सहभागी भई सहयोग गर्न सबैलाई आग्रह गरेको छ। सानो सहयोगले पनि अमर बहादुरको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै सहयोगी हातहरू निरन्तर आवश्यक रहेको समूहको भनाइ छ।

रोग, अभाव र एकान्तसँग संघर्षरत अमर बहादुरका लागि अहिले विभिन्न ठाउँबाट जुटिरहेको सहयोगले नयाँ आशा जगाएको छ। स्थानीयवासीले पनि उनको दीर्घकालीन उपचार, सुरक्षित आवास तथा जीवनयापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

दोधारा चाँदनी कम्युनिटी नेटवर्क ग्रुपमा जोडिन याँहा क्लिक गर्नुस ।

Facebook

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech