ट्रेण्डिङ

दोधारा चाँदनी,कोरिया क्रिकेट एसोसिएसनको आयोजनामा सम्पन्न इण्टर नेपालीज क्रिकेट टुर्नामेन्ट २०२५ मा नेपाली टिम दोधारा चाँदनी वारियर्स ले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भएको छ। प्रतियोगिता अक्टोबर ५ देखि ७ सम्म YCG मैदानमा सम्पन्न भएको थियो।

उक्त प्रतियोगितामा २४ टिम सहभागी भएका थिए। तीमध्ये दोधारा चाँदनी वारियर्सले फाइनलमा शानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो। विजेता टिमले रु. ३ लाख ८० हजार नगद पुरस्कार, ट्रफी, र प्रमाणपत्र प्राप्त गरेको छ।

टिमका कप्तान मनोज सिंह भण्डारी, उप–कप्तान राकेश गुरुङ, तथा खेलाडीहरू विनोद सुनार, सागर सुनार, विषाल बुढा, मोहन सिंह साउद, अनिल थापा, लक्ष्मण साउद, नरेश महता, मिलन चन्द, र सन्तोष कार्की रहेका थिए। टिम म्यानेजरको जिम्मेवारी हरिदेव टमटाले निर्वाह गरेका थिए।

प्रतियोगिताको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राकेश गुरुङ ‘म्यान अफ द म्याच’ बनेका थिए भने क्वाटरफाइनल, सेमिफाइनल र फाइनल तीनै चरणमा शानदार प्रदर्शन गर्दै सागर सुनार ‘म्यान अफ द म्याच’ घोषित भएका थिए।

प्रतियोगिता नेपाल राइनो क्रिकेट क्लबको आयोजनामा र कोरिया क्रिकेट एसोसिएसनको संयोजनमा सम्पन्न भएको हो। रोजगारीका सिलसिलामा कोरियामा रहेका दोधारा चाँदनीका खेलाडीहरूले टिम गठन गरी उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech