ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ को आयोजना तथा नेपाल युथ फाउण्डेशनको सहकार्यमा दोधारा चाँदनी नगरपालिका क्षेत्रका युवाहरूलाई लक्षित गरी नि:शुल्क एसी तथा फ्रिज मर्मतसम्भार तालिम सञ्चालन हुने भएको छ।

वडा कार्यालयले सूचना जारी गर्दै ‘AC and Refrigerator Repair and Maintenance’ सम्बन्धी ३० दिने सैद्धान्तिक तथा व्यावहारिक तालिम सञ्चालन गर्न लागेको जनाएको छ। स्थानीय युवाहरूलाई सीप प्रदान गरी आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको यस तालिममा दोधारा चाँदनी नगरपालिका भरिका इच्छुक युवा सहभागी हुन पाउनेछन्।

तालिममा सहभागी हुन इच्छुकले २०८३ भदौ १६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। तालिम ३० दिनसम्म सञ्चालन हुनेछ भने सैद्धान्तिकसँगै व्यावहारिक ज्ञानसमेत प्रदान गरिनेछ। सहभागीका लागि सम्पर्क मिति २०८३ भदौ १८ गते तोकिएको छ।

तालिममा सहभागी हुन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। बेरोजगार तथा तालिमपश्चात् एसी तथा फ्रिज मर्मतसम्बन्धी क्षेत्रमा काम गरी स्वरोजगार बन्न इच्छुक महिला तथा पुरुषले आवेदन दिन सक्नेछन्। साथै, नियमित रूपमा तालिममा सहभागी हुन सक्ने र सम्बन्धित विषयमा रुचि भएको हुनुपर्नेछ।

वडा नं. ६ का वडाध्यक्ष ओमबहादुर बस्नेतले युवाहरूलाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँले अहिलेको समयमा सीपमूलक तालिमको महत्व बढ्दै गएको उल्लेख गर्दै युवाहरूले तालिमलाई रोजगारी र स्वरोजगारको अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। दोधारा चाँदनी नगरपालिका भरिका इच्छुक युवाहरूलाई लक्षित गरी तालिमको अवसर प्रदान गरिएको भन्दै वडाध्यक्ष बस्नेतले योग्य तथा इच्छुक युवाहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो।

उहाँले एसी तथा फ्रिज मर्मतसम्बन्धी सीप सिकेपछि स्थानीयस्तरमै काम गर्ने अवसर प्राप्त हुनुका साथै राम्रो आम्दानीको सम्भावना समेत रहने बताउनुभयो। युवाहरूलाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा प्रयोग गर्न सकिने सीप प्रदान गर्नु नै तालिमको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।

तालिममा सहभागी हुन इच्छुक दोधारा चाँदनी नगरपालिका भरिका युवाहरूले दोधारा चाँदनी नगरपालिका वडा नं. ६ को वडा कार्यालयमा सम्पर्क गरी आवेदन बुझाउन सक्नेछन्। थप जानकारीका लागि ९८४८७३८६१६ मा फोन वा dcmunwordno6@gmail.com मा इमेलमार्फत सम्पर्क गर्न सकिने वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech