Clickable Banner Ad

देउडा संगीतमा मौलिकता फर्काउने प्रयास, ‘गलि परानको’ सार्वजनिक

दोधारा- सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिलाई नयाँ स्वादमा प्रस्तुत गर्दै गायक गणेश सिंह र गायिका पूर्णकला बीसी को आवाजमा सजिएको नयाँ देउडा गीत ‘गलि परानको’ सार्वजनिक गरिएको छ। परम्परागत देउडा भाकासँग आधुनिक प्रस्तुति मिसाएर तयार गरिएको गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।

Advertisement

गीतमा राजेन्द्र शाह ‘बीपी’ को शब्द तथा लय रहेको छ भने सङ्गीत संयोजन चर्चित एरेन्जर विनोद बाजुरेली ले गर्नुभएको हो। राजधानीस्थित मालश्री स्टुडियो मा रेकर्ड गरिएको गीतले सुदूरपश्चिमेली कला र संस्कृतिको मौलिकपनलाई उजागर गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ।

गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। निर्देशक भीम थापा को निर्देशनमा तयार गरिएको भिडियोमा गायक गणेश सिंह स्वयं र मोडल कल्पना लेखक मुख्य भूमिकामा देखिएका छन्। साथै गोविन्द, बल्लभ भट्ट, सुरेश चन्द, गगन धामी, लक्ष्मण अधिकारी, प्रदीप पाल र मीन धानुक लगायत कलाकारहरूको अभिनयले भिडियोमा थप जीवन्तता दिएको छ।

सुदूरपश्चिमका ग्रामीण परिवेश, रहनसहन र प्राकृतिक सौन्दर्यलाई समेटिएको भिडियोको छायांकन अमृत उपाध्याय ले गर्नुभएको हो भने श्रृङ्गारतर्फ मेनुका साउद को योगदान रहेको छ।

देउडा संगीतमा पछिल्लो समय मौलिकता हराउँदै गएको चर्चा भइरहेका बेला ‘गलि परानको’ ले पुरानो संस्कृतिको स्वादलाई नयाँ पुस्तासम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

भिडियो हेर्नुहोस

Loading

Advertisement
Advertisement