राजनीतिमा सक्रिय शिक्षक र गैर-जिम्मेवार नगरपालिका — शिक्षा संकटको मूल जड

दोधारा चाँदनी, बैशाख ११ — कक्षा ८ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएपछि दोधारा चाँदनी नगरपालिकाको शिक्षा प्रणाली फेरि एकपटक कटघराबाट मुक्त हुन सकेको छैन। कुल ८६८ जना सहभागी विद्यार्थीमध्ये जम्मा १८५ जना मात्र उत्तीर्ण भएको तथ्यांकले शिक्षा क्षेत्रको कमजोर अवस्थालाई सतहमा ल्याइदिएको छ। ७२५ जना अनुत्तीर्ण हुनु र तीन विद्यालयमा एक जना पनि विद्यार्थी … Read more

Loading

दोधारा चाँदनीमा कक्षा ८ को परिक्षामा ९१० मध्ये ७२५ विद्यार्थी अनुत्तीर्ण

३ विद्यालयमा शून्य नतिजा, स्थानीय आक्रोशित दोधारा चाँदनी नगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कूल ९१० विद्यार्थीमध्ये ८६८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा जम्मा १८५ विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। बाँकी ७२५ विद्यार्थी अनुत्तीर्ण भएका छन्। मुख्य तथ्याङ्क: उत्तीर्ण संख्या: १८५ अनुत्तीर्ण संख्या: ७२५ उत्तीर्ण प्रतिशत: करिब … Read more

Loading

कञ्चनपुरमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

वैशाख १० कञ्चनपुर जिल्लामा पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ। भीमदत्त नगरपालिका–३ मा तीन वर्ष लामो प्रेमसम्बन्धपछि एक समलिङ्गी जोडीले कानुनी रूपमा विवाह दर्ता गराएका हुन्। सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई कानुनी रूपमा मान्यता दिन आदेश दिएको भए पनि व्यवहारमा धेरै ठाउँमा दर्ता प्रक्रिया सहज छैन। यस्ता परिस्थितिमा कञ्चनपुरको यो पहललाई समावेशी अधिकारप्रतिको महत्वपूर्ण कदमको रूपमा … Read more

Loading

महाकाली प्रादेशिक अस्पतालको फेसबुक पेजबाट विवादास्पद पोस्ट, प्रशासनद्वारा खण्डनसहित माफी

कञ्चनपुर, वैशाख ९ – महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरको आधिकारिक फेसबुक पेजमार्फत आइतबार सार्वजनिक गरिएको एक विवादास्पद पोस्टले सामाजिक सञ्जालमा व्यापक चासो र आलोचना बटुलेको छ। निजी विद्यालयका आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै गरिएको उक्त टिप्पणीलाई धेरैले अस्पताल जस्तो सरकारी संस्थाबाट गरिएको अभिव्यक्तिको रूपमा लिएर आपत्ति जनाएका थिए। उक्त पोस्ट सार्वजनिक भएपछि अस्पताल प्रशासनले आज एक विज्ञप्ति … Read more

Loading

शिक्षक आन्दोलनकै बीच कक्षा १२ को परीक्षा वैशाख ११ देखि हुने

वैशाख ०९ – शिक्षा ऐन संशोधनको मागसहित देशभरका शिक्षकहरूले राजधानी केन्द्रित आन्दोलन गरिरहेका बेला कक्षा १२ को वार्षिक परीक्षा भने तोकिएकै मितिमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षालाई शिक्षक नपरे निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डको बैठकमा सहभागी अधिकांश सदस्यहरूले निजामती … Read more

Loading

बेलौरीमा रहस्यमय मृत्यु : शव र मोटरसाइकल दुबै जलेको अवस्थामा फेला

बेलौरी (कञ्चनपुर), चैत्र ०९ ।कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा मंगलबार बिहान एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ। शव नजिकै जलेको मोटरसाइकल पनि भेटिएको छ। घटनास्थलमा तोरीको भुसामा आगो लगाइएको देखिएको छ, जहाँ मोटरसाइकल जलेको अवस्थामा थियो। केही पर सोही क्षेत्रमै एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। शव बेल्डाँडी गाउँपालिका–३ का ४५ वर्षीय … Read more

Loading

भीमदत्त नगरमा एडीबी फेज–२ परियोजना स्वीकृत, निर्माण हुने १८ सडक र ढल संरचना

महेन्द्रनगर, कञ्चनपुर ।भीमदत्त नगरपालिकामा एशियाली विकास बैंक (एडीबी)को सहकार्यमा शहरी पूर्वाधार विस्तारको दोस्रो चरण सुरु हुन लागेको छ। नगरप्रमुख पदम बोगटीको नेतृत्वमा गरिएको निरन्तर पहल, संघीय मन्त्रालयहरूसँगको समन्वय तथा पहिलो चरणमा मापदण्डअनुसार कार्यान्वयनको सफलताका आधारमा एडीबीले फेज–२ परियोजना स्वीकृत गरेको हो। फेज–२ अन्तर्गत नगरमा ८.१४६ किलोमिटर सडक र १४.७१७ किलोमिटर ढल संरचनाको निर्माण हुने जनाइएको … Read more

Loading

सिंहदरबारबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरू पक्राउ

काठमाण्डौ, २०८२ वैशाख ७ –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई आज सिंहदरबार गेट अगाडि विरोध प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ।राप्रपाका सांसदहरू र कार्यकर्ताहरूले सरकारले चालेको निर्णयहरू, बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध सिंहदरबारको मुख्य गेटमा विरोध प्रदर्शन गरेका थिए।प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको र त्यसक्रममा बुद्धि तामाङ, ज्ञानेन्द्र शाही लगायतका नेताहरूलाई … Read more

Loading

दोधारा चाँदनीको गर्व महाकाली झोलुङ्गे पुल, तर गेटमा नामसम्म छैन

दोधारा चाँदनी, कञ्चनपुर —सुदूरपश्चिम प्रदेशको पर्यटकीय पहिचान बनेको कञ्चनपुरस्थित दोधारा चाँदनी झोलुङ्गे पुलको प्रवेशद्वारमै अहिलेसम्म पनि पुलको नाम वा विवरण उल्लेख गरिएको बोर्ड राखिएको छैन। एसियाकै दोस्रो लामो झोलुङ्गे पुलको रूपमा परिचित यस पुलले दोधारा चाँदनीलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाए पनि संरचनागत बेवास्ता र प्रचारप्रसारको कमजोरी देखिएको छ। आधिकारिक रूपमा “दोधारा चाँदनी झोलुङ्गे पुल” नाम दिइएको … Read more

Loading

दोधारा चाँदनीका धेरै विद्यालयमा कक्षा ८ मा ‘निल रिजल्ट’ — त्यसैले नगरपालिका सूचना लुकाउन व्यस्त

दोधारा चाँदनी, कञ्चनपुर — कक्षा ८ को नतिजा माग्दा शिक्षा शाखाले “कम्प्युटर चलेन” भनेर पन्छिएको र पत्रकारलाई उल्टै धम्की दिने शैलीमा बोलेको घटना पछाडि सूचना लुकाउने उद्देश्य देखिएको छ। स्रोतहरूका अनुसार, दोधारा चाँदनी नगरपालिकाभित्रका धेरै सामुदायिक तथा निजि विद्यालयमा नतिजा ‘निल’ आएको छ, जसलाई बाहिर आउन नदिने रणनीति अपनाइएको हुनसक्छ। शिक्षा शाखाका प्रमुख हरिदत्त जोशी … Read more

Loading