Clickable Banner Ad

बेलौरीमा रहस्यमय मृत्यु : शव र मोटरसाइकल दुबै जलेको अवस्थामा फेला

बेलौरी (कञ्चनपुर), चैत्र ०९ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा मंगलबार बिहान एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ। शव नजिकै जलेको मोटरसाइकल पनि भेटिएको छ।

Advertisement

घटनास्थलमा तोरीको भुसामा आगो लगाइएको देखिएको छ, जहाँ मोटरसाइकल जलेको अवस्थामा थियो। केही पर सोही क्षेत्रमै एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

शव बेल्डाँडी गाउँपालिका–३ का ४५ वर्षीय हरिकिसन रानाको भएको पुष्टि भएको छ। उनी भैंसी पाल्दै दूध बेच्ने पेशामा संलग्न थिए।

मृतकका परिवारजन घटनास्थलमा पुगेका छन् र उनीहरूले हत्या भएको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement