दोधारा चाँदनी । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा संगठन विस्तारलाई तीव्रता दिएको छ।
रास्वपाले दोधारा चाँदनी नगरपालिका–९ ढकनाघाटमा दुर्गा देवी बास्तोलाको अध्यक्षतामा टोल कमिटी गठन गरेको छ। कमिटीको सदस्यमा पदम बडूवाल, दिपक बडूवाल, कर्णबहादुर बडूवाल र तुलबहादुर सुनार रहेका छन्।

यस्तै, दोधारा चाँदनी नगरपालिका–१० प्रधान टोलमा खेम ओलीको संयोजकत्वमा टोल कमिटी गठन गरिएको छ। कमिटीको सदस्यमा मनिषा थापा, दिनेश सुनार, काजोल सुनार र शान्ति सुनार रहेका छन्।
रास्वपाका दोधारा चाँदनी नगर सभापति पुरन कुमालले नगरपालिकाभरि टोल कमिटी गठन गर्ने कार्य जारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरका विभिन्न टोलमा संगठन विस्तारको काम भइरहेको छ।



