Clickable Banner Ad

महाकालीमा बगेका दुई बालिकाको खोजी कार्य जारी

आइतबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालिकाको खोजी कार्य सोमबार बिहानैदेखि सुरु गरिएको छ।

Advertisement

दिउँसो करिब २ बजे भीमदत्त नगरपालिका–११ भुजेलास्थित जनता आधारभूत विद्यालय नजिकै नुहाउन गएका ७ वर्षीय सानवी पन्त र उनकी भतिजी जीविका पन्त नदीमा बगेर बेपत्ता भएका हुन्।

हिजो दिनभर खोजी गर्दा पनि पत्ता नलागेपछि साँझ कार्य रोकिएको थियो। इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज स.ना.नि. सुरेन्द्र चन्दका अनुसार बालिका बगेको स्थानदेखि दक्षिणतर्फ करिब पाँच किलोमिटर क्षेत्रमा खोजी भइरहेको छ।

भीमदत्त नगरपालिका–११ का वडा अध्यक्ष प्रकाश थापाले हिजोदेखि नै आफैं खोजी कार्यमा खटिएको जानकारी दिएका छन्।

दुवै बालिका महाकाली नदी किनारबाट करिब पाँच सय मिटर टाढा बस्दै आएका र जनता आधारभूत विद्यालयमै अध्ययनरत रहेको प्रहरीले जनाएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement