Clickable Banner Ad

महाकालीमा नुहाउँदै गरेका दुई बालिका बेपत्ता

कञ्चनपुर, साउन २५ – महाकाली नदीमा आइतबार दिउँसो नुहाउँदै गर्दा दुई बालिका बेपत्ता भएका छन्।
भीमदत्त नगरपालिका–१२ ऐरीस्थित नदी किनारमा नुहाइरहेका भीमदत्त नगरपालिका–११ की जीविका पन्त बर्ष ६ र सानबी पन्त बर्ष ७ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए।

Advertisement

प्रत्यक्षदर्शीका अनुसार अन्य बालिकासँगै नुहाइरहेका जीविका र सानबी नदीको वेगमा बगेर बेपत्ता भएका हुन्।
घटना भएलगत्तै स्थानीयबासी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी र नेपाल प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement