कञ्चनपुर । रक्षाबन्धनको अवसरमा दोधारा चाँदनीका लोकप्रिय डा. गगनराज चौधरीले महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा पुगेर बालबालिकासँग पर्व मनाएका छन्।
बालबालिकासँग खुसी र उल्लासपूर्वक समय बिताउँदै डा. चौधरीले अनाथालयका लागि आवश्यक सामग्री तथा आर्थिक सहयोग प्रदान गरे। उनले राखीको महत्व, दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धको चर्चा गर्दै सबैलाई आपसी माया र सहयोगको सन्देश पनि दिए।
कार्यक्रममा अनाथालयका बालबालिकाले डा. चौधरीलाई राखी बाँधी शुभकामना दिए भने डा. चौधरीले पनि बालबालिकालाई मिठाई तथा उपहार प्रदान गरेका थिए।
बालबालिकासँगको कार्यक्रमपछि डा. चौधरीले आफ्नो घरमा पनि रक्षाबन्धनको माहोल सृजना गरे। उनले आफ्ना दिदीबहिनीहरूलाई विशेष रूपमा बोलाएर राखी बाँध्ने परम्परा निभाए। आपसी माया, स्नेह र भाईचाराको वातावरणमा घरपरिवारले उल्लासपूर्वक पर्व मनाएको थियो।
उनले भने, “रक्षाबन्धन केवल एक धागो होइन, यो सम्बन्ध, माया र जिम्मेवारीको प्रतिक हो। अनाथालयका बालबालिकासँग यो पर्व मनाउँदा एउटा सामाजिक सन्देश दिन पाउँछु भने दिदीबहिनीहरूसँग मनाउँदा पारिवारिक बन्धन अझ बलियो हुन्छ।” “सामाजिक सेवा र आपसी भाईचाराको भावना जागृत गर्ने पर्व नै रक्षाबन्धन हो। अनाथ बालबालिकासँग यो पर्व मनाउन पाउनु मेरो लागि विशेष अवसर हो।”
रक्षाबन्धन पर्वले भाइबहिनीबीचको माया र स्नेहलाई अझ गहिरो बनाउने विश्वासका साथ अनाथालयमा खुसीयालीको माहोल सृजना भएको थियो।
![]()