Clickable Banner Ad

फरवार्ड लघुवित्तको १२औं वार्षिक उत्सव दोधारा चाँदनीमा हर्षोल्लासका साथ सम्पन्न

Advertisement

कञ्चनपुर — फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२औं वार्षिक उत्सव शनिबार दोधारा चाँदनीमा हर्षोल्लासका साथ सम्पन्न गरेको छ। संस्थाको शाखा कार्यालय दोधारा चाँदनीले विविध कार्यक्रमहरूसहित उत्सव मनाएको हो।

उत्सवमा संस्थासँग आबद्ध महिला सदस्यहरू, कर्मचारी तथा स्थानीय सरोकारवाला पक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया, अनुभव आदानप्रदान तथा सांस्कृतिक र उत्सवमूलक गतिविधिहरू सञ्चालन गरिएका थिए।

कार्यक्रमको सञ्चालन संस्थाकी कर्मचारी राजकुमारी रानाले गरेकी थिइन्।

संस्थाका दोधारा चाँदनी शाखा प्रमुख रिसुलाल चौधरीले आर्थिक समावेशीताका लागि लघुवित्तले खेलेको भूमिकामाथि प्रकाश पार्दै सदस्यहरूको सक्रिय सहभागिता र संस्थाको निरन्तर प्रगतिप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा उत्कृष्ट सदस्य तथा समूहहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

फरवार्ड लघुवित्तले साना किसान, महिला तथा ग्रामीण समुदायलाई लक्षित गर्दै सुलभ र प्रभावकारी वित्तीय सेवा पुर्‍याउँदै आएको छ। संस्था हाल देशभर विभिन्न शाखामार्फत आर्थिक समावेशीकरणमा योगदान पुर्‍याउँदै आएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement