Clickable Banner Ad

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित, विष्णु जोशी नयाँ प्रमुख

काठमाडौं — काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरिएको छ।

Advertisement

मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गर्दै नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन्।

“चित्तबुझ्दो जबाफ नआएपछि निलम्बन गरिएको हो,” गुरागाईंले भने, “नयाँ जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ।”

गुरागाईंले चैत २१ गते कार्यालय जाँदा आफूले हुलहुज्जत भोगेको भन्दै जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। जवाफस्वरूप पाण्डेले गत सोमबार आफूले आफ्नो कर्तव्य मात्र निर्वाह गरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएका थिए।

Loading

Leave a Comment

Advertisement
Advertisement