Clickable Banner Ad

विरोध प्रदर्शनका तस्बिर,भिडियो संकलनमा सहयोग गर्न प्रहरीको आग्रह

काठमाडौं । भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास सिर्जना हुने गतिविधिसम्बन्धी सामग्री संकलन गर्न नेपाल प्रहरीले आग्रह गरेको छ। प्रहरीले सो घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू भए nepalpoliceinfo@gmail.com मा पठाई सहयोग गर्न … Read more

Loading

कञ्चनपुरमा कर्फ्यू र निषेधाज्ञा जारी

कञ्चनपुर, भदौ २७ – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राख्दै सदरमुकाम महेन्द्रनगरसहित विभिन्न क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शुक्रबार जारी गरेको आदेशअनुसार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ भने बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा रहनेछ। तर, अत्यावश्यक … Read more

Loading

कञ्चनपुर कारागारबाट भागेका ४५६ मध्ये २१ जना आफैं फर्किए, ९ जना भारतीय

कञ्चनपुर, भदौ २४ – कञ्चनपुर कारागारबाट भागेका ४५६ जना कैदीबन्दीमध्ये २१ जना आफैं फर्किएको कारागार प्रशासनले जनाएको छ। तीमध्ये ९ जना भारतीय नागरिक रहेका छन्। कुल ४७८ कैदीबन्दीहरूमध्ये हालसम्म ४५६ जना फरार भएका थिए। कारागार प्रशासक रामदत्त जोशीका अनुसार, फर्किने क्रम जारी रहेकाले अन्य कैदीबन्दीहरूलाई पनि कानुनी कारवाहीको डर नराखी स्वेच्छाले फर्कन आग्रह गरिएको छ। … Read more

Loading

गृहमन्त्री रमेश लेखकको राजीनामा, जेनजी प्रदर्शनमा १९ को मृत्युपछि नैतिक जिम्मेवारी स्वीकार

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सोमबार साँझ मन्त्रिपरिषद् बैठकमा आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका एक मन्त्रीले जानकारी दिएका छन्। सोही दिन राजधानीमा भएको जेनजी समूहको प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ। लेखकले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट हट्ने निर्णय … Read more

Loading

हमन्त्री रमेश लेखकको राजीनामा, जेनजी प्रदर्शनमा १९ को मृत्युपछि नैतिक जिम्मेवारी स्वीकार

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सोमबार साँझ मन्त्रिपरिषद् बैठकमा आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका एक मन्त्रीले जानकारी दिएका छन्। सोही दिन राजधानीमा भएको जेनजी समूहको प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ। लेखकले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट हट्ने निर्णय … Read more

Loading

महाकाली फिड र प्रजना बुक्सको सहयोगमा प्रहरी कार्यालयमा सानो पुस्तकालय

दोधारा चाँदनीस्थित इलाका प्रहरी कार्यालयमा हिरासत तथा कैदीबन्दीलाई अध्ययन गर्ने अवसर उपलब्ध गराउन सानो पुस्तकालय स्थापना गरिएको छ। महाकाली फिड प्रा.लि.को सौजन्यमा कार्यालयलाई पुस्तक र कपडा राख्न मिल्ने दराज हस्तान्तरण गरिएको छ भने प्रजना बुक्स एण्ड स्टेशनरी प्रा.लि.ले २५ वटा पुस्तक सहयोग गरेको हो। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगत गाह मगरले हिरासतमा रहेका … Read more

Loading

कञ्चनपुरमा Gen Z को प्रदर्शन : सामाजिक सञ्जाल बन्द, विपिन जोशीको रिहाई र निर्मलाको न्यायको माग

कञ्चनपुर – सामाजिक अन्याय, अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश र बढ्दो भ्रष्टाचारविरुद्ध कञ्चनपुरमा आज Gen Z (सन १९९७ देखि २०१२ बीच जन्मिएका युवापुस्तालाई जनाउने शब्द) ले नेतृत्व गरेको विरोध प्रदर्शन सम्पन्न भएको छ। प्रदर्शनमा सयौं विद्यार्थी, युवाहरूको उल्लेखनीय सहभागिता रह्यो। प्रदर्शनकारीहरूले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भन्दै विरोध जनाए। उनीहरूले … Read more

Loading

अनाथ बालबालिकालाई जोशी र टोलीद्वारा ‘एक छाक’ सेवा

भीमदत्त – स्थानीय युवा बिरेन्द्र जोशीले हिजो समाज कल्याण बाल आश्रम भीमदत्तमा करिब २५–३० जना अनाथ बालबालिकालाई ‘एक छाक’ कार्यक्रमअन्तर्गत खाना खुवाएका छन्। जोशीले दिलबहादुर रावत, कुबेर थापा, विकास पौडेल र जीवन धामीको साथ सहयोगमा आश्रममै गएर आफैं खाना पकाई बालबालिकालाई खुवाए र उनीहरूसँगै बसेर भोजन समेत गरे। आयोजक जोशीले भने, “हाम्रो सानो प्रयासले बालबालिकाको … Read more

Loading

मेटाले मन्त्री गुरुङको सचिवालयसँग गर्यो सम्पर्क, दर्ता र सूचीकरणका लागि विवरण माग

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग औपचारिक सम्पर्क गरेको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित एक कर्मचारीले मन्त्री गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीलाई दर्ता तथा सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेका थिए। ‘मेटाको सिंगापुरमा कार्यरत अन्सारी थरका कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क … Read more

Loading

सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय

काठमाडौं – सरकारले नेपालमा दर्ता नगरेका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाललाई निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ। मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार दर्ता प्रक्रियामा नआउने वा आवश्यक जानकारी उपलब्ध नगराउने सञ्जालहरू बन्द गर्ने तयारी भएको हो। उनले भने, “मन्त्रालयमा दर्ता नभएका सामाजिक … Read more

Loading