Clickable Banner Ad

दोधारा चाँदनीका सबै वडामा आँखा उपचार शिविर सञ्चालन हुने

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकाका सबै वडामा आँखा उपचार शिविर सञ्चालन हुने भएको छ। च्यारिटी हेल्थ फाउण्डेशनको सहयोगमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (PESWAN) र धनगढी नेत्रालय प्रा.लि.को संयुक्त आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो। मिति २०८२ साल कार्तिक १७ गते भएको सम्झौताअनुसार शिविर कार्तिक १८ गते मंगलबारदेखि २७ गते बिहिबारसम्म सञ्चालन … Read more

Loading

डा. गगन चौधरीको निस्वार्थ सेवाभावप्रति जनताको श्रद्धा

“दोधारा चाँदनीका साँचाकै नायक” भन्दै सामाजिक सञ्जालमा प्रशंसा भुपेन्द्र ओली। दोधारा चाँदनी नगरपालिका–०६ स्थित Aarogya Medicare and Diagnostic Center मा कार्यरत डा. गगन चौधरीले स्वास्थ्य समस्या र आर्थिक कठिनाइमा परेकाहरूका लागि सहयोगको हात बढाउने घोषणा गरेपछि सामाजिक सञ्जालमा उनलाई शुभेच्छा र प्रशंसा व्यक्त गर्नेहरूको ओइरो लागेको छ। डा. चौधरीले सामाजिक सञ्जालमार्फत लेखेका थिए “सधैं मैले … Read more

Loading

दोधारा चाँदनीमा वर्डफ्लु नियन्त्रण सचेतना, सीमामा निगरानी कडाइको निर्देशन

कञ्चनपुर, भाद्र १४ – भारतसँगको सीमा क्षेत्रमा बर्डफ्लु (H5N1) संक्रमणको जोखिम बढेसँगै दोधारा चाँदनी नगरपालिकामा वर्डफ्लु रोग नियन्त्रण तथा प्रतिबन्ध सम्बन्धी एकदिने विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कञ्चनपुरको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नगर प्रमुख किशोर कुमार लिम्बु, सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि तथा कुखुरा … Read more

Loading

भारतमा बर्डफ्लु पुष्टि, नेपालमा सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । भारतको प्रतिष्ठित समाचार संस्था अमर उजाला का अनुसार, उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगर जिल्लामा Highly Pathogenic Avian Influenza (H5N1) अर्थात् बर्डफ्लु रोगको संक्रमण पुष्टि भएको छ। सीमावर्ती क्षेत्र भएकाले यस रोगको जोखिम नेपालमा समेत बढ्ने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन्। चोरीछिपी भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिने सम्भावना रहेकाले विशेष … Read more

Loading

दोधारा चाँदनी नगर अस्पतालमा सरसफाइ अभियान, नयाँ प्रशासन प्रमुखको सक्रियता

दोधारा चाँदनी, साउन १दोधारा चाँदनी नगर अस्पतालमा आइतबार सरसफाइ अभियान सञ्चालन गरिएको छ। अस्पतालमा हालै मात्र नियुक्त भएका प्रशासन प्रमुख राजु गुरुङको नेतृत्वमा सम्पन्न अभियानमा सम्पूर्ण स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी तथा स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। अभियान अन्तर्गत अस्पतालको आपतकालीन कक्ष, ओपीडी, वार्ड, प्रयोगशाला, फार्मेसीदेखि बाह्य प्रांगणसम्म सरसफाइ गरिएको थियो। सरसफाइले अस्पताललाई स्वच्छ र सेवाग्राहीमैत्री … Read more

Loading

दोधारा चाँदनी अस्पतालले इच्छुक रक्तदाता दर्ता गर्न आह्वान

दोधारा चाँदनी, साउन २ – दोधारा चाँदनी अस्पताल, कञ्चनपुरले आपतकालीन अवस्थामा रक्त आवश्यक पर्ने बिरामीहरूको जीवनरक्षाका लागि इच्छुक रक्तदाताहरू दर्ता गर्न आह्वान गरेको छ। अस्पतालका अनुसार इच्छुक व्यक्तिहरूले आफ्नो नाम, सम्पर्क नम्बर, रक्त समूह र फोटो सहितको विवरण प्रशासन शाखामा बुझाउन सक्नेछन्। अस्पतालले संकलित विवरणको आधारमा आकस्मिक अवस्थामा रक्तदान गर्न सहज हुने जनाएको छ। अस्पतालका … Read more

Loading

एस.ई.ई. र कक्षा ८ मा उत्कृष्ट नतिजा दिलाउने जनज्योति मावि सम्मानित

दोधारा चाँदनी, साउन १ –दोधारा चाँदनी नगरपालिका–८ वडा कार्यालयको आयोजनामा आज आयोजित विशेष कार्यक्रमका बीच श्री जनज्योति माध्यमिक विद्यालय र सो विद्यालयमा कार्यरत शिक्षकहरूलाई सम्मान गरिएको छ। शैक्षिक सत्र २०७९ मा कक्षा ८ (आधारभूत तह) तथा कक्षा १० (एस.ई.ई.) परीक्षामा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गरी नगरको शैक्षिक प्रतिष्ठामा महत्वपूर्ण योगदान पुर्‍याएको … Read more

Loading

दोधारा चाँदनीमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

कञ्चनपुर — दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीय कालु सुनारसहित एकै परिवारका ६ जना विषालु च्याउ सेवनबाट बिरामी परेका छन्। दोधारा चाँदनी इलाका प्रहरी कार्यालयका अनुसार भारतको नगरा जंगलबाट ल्याइएको जंगली च्याउको तरकारी खाँदा सुनारसहित उनका ३३ वर्षीया बुहारी गीता सुनार, १८ वर्षीया नातिनी निशा सुनार, १५ वर्षीय नाति भीम सुनार, १० वर्षीय नाति वसन्त … Read more

Loading

दोधारा चाँदनी नगर अस्पतालमा सेवा ठप्प, बिरामीहरू उपचारविहीन

दोधारा चाँदनी, असार २२नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभर आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द हुँदा कञ्चनपुरको दोधारा चाँदनी नगर अस्पतालमा समेत नियमित सेवा ठप्प भएको छ। बिरामीहरू उपचार नपाएर मर्कामा परेका छन्। नगर अस्पतालमा बिहानैदेखि ओपीडी, सामान्य चेकजाँच, ल्याब, फार्मेसी लगायतका सेवा बन्द गरिएका छन्। आकस्मिक सेवा मात्र संचालनमा रहेकाले अन्य स्वास्थ्य समस्या बोकेर आएका … Read more

Loading

दोधारा चाँदनी–१० मा नयाँ एम्बुलेन्स हस्तान्तरण, बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत

दोधारा चाँदनी, कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–१० ले मंगलबार नयाँ एम्बुलेन्स प्राप्त गरेको छ। नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतीय दूतावासले उपहारस्वरूप प्रदान गरेको उक्त एम्बुलेन्स एक औपचारिक कार्यक्रमका बीच नगरपालिकाले वडा नं. १० मा हस्तान्तरण गरेको हो। कार्यक्रममा नगर उपप्रमुख गङ्गा जोशीले वडाध्यक्ष चन्द्र बहादुर सिंहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरिन्। उपप्रमुख जोशीले वडा नं. १० … Read more

Loading