दोधारा चाँदनी — दोधारा चाँदनी नगरपालिका नगर प्रमुख श्री किशोर कुमार लिम्बूको पहलमा, पेसवान संस्थाको समन्वय तथा दातृ निकाय “ल्याटर डे सेन्ट च्यारीटिज (LDSC)” र च्वाइस नेपालको सहयोगमा दोधारा चाँदनी नगर अस्पताललाई USG (अल्ट्रासाउण्ड) मेसिनसहित अत्यावश्यक मेडिकल उपकरण हस्तान्तरण गरिएको छ।
हस्तान्तरण गरिएको अत्याधुनिक USG मेसिनले अस्पतालको सेवा क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ। यसअघि पुरानो प्रविधिको मेसिन प्रयोगका कारण रोग पहिचानमा समस्या हुने गरेकोमा अब नयाँ उपकरणले रोग पत्ता लगाउन मात्र नभई उपचार प्रक्रियामा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ।
“हामीसँग पहिले पुरानो प्रविधिको मेसिन थियो, त्यसैले रोग पत्ता लगाउन गाह्रो हुन्थ्यो। यो अत्याधुनिक अल्ट्रासाउण्ड मेसिन हो, जसले रोग पत्ता लगाउन मात्र नभई उपचारमा पनि सहयोग गर्नेछ,” डाक्टर हरिओम केसीले बताए।
नगर प्रमुख लिम्बूले सहयोगी संस्थाहरू पेसवान, LDSC र च्वाइस नेपालप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गरे।
उक्त उपकरण हस्तान्तरणसँगै अब स्थानीय बासिन्दाले सामान्य जाँचका लागि बाहिर जानुपर्ने बाध्यता घट्ने र समयमै रोग पहिचान तथा उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।— दोधारा चाँदनी नगरपालिका नगर प्रमुख श्री किशोर कुमार लिम्बूको पहलमा, पेसवान संस्थाको समन्वय तथा दातृ निकाय “ल्याटर डे सेन्ट च्यारीटिज (LDSC)” र च्वाइस नेपालको सहयोगमा दोधारा चाँदनी नगर अस्पताललाई USG (अल्ट्रासाउण्ड) मेसिनसहित अत्यावश्यक मेडिकल उपकरण हस्तान्तरण गरिएको छ।
हस्तान्तरण गरिएको अत्याधुनिक USG मेसिनले अस्पतालको सेवा क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ। यसअघि पुरानो प्रविधिको मेसिन प्रयोगका कारण रोग पहिचानमा समस्या हुने गरेकोमा अब नयाँ उपकरणले रोग पत्ता लगाउन मात्र नभई उपचार प्रक्रियामा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ।
“हामीसँग पहिले पुरानो प्रविधिको मेसिन थियो, त्यसैले रोग पत्ता लगाउन गाह्रो हुन्थ्यो। यो अत्याधुनिक अल्ट्रासाउण्ड मेसिन हो, जसले रोग पत्ता लगाउन मात्र नभई उपचारमा पनि सहयोग गर्नेछ,” डाक्टर हरिओम केसीले बताए।
नगर प्रमुख लिम्बूले सहयोगी संस्थाहरू पेसवान, LDSC र च्वाइस नेपालप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गरे।
उक्त उपकरण हस्तान्तरणसँगै अब स्थानीय बासिन्दाले सामान्य जाँचका लागि बाहिर जानुपर्ने बाध्यता घट्ने र समयमै रोग पहिचान तथा उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
![]()