Clickable Banner Ad

जेन्जी सहिदहरूको स्मृतिमा चार हजार दीप प्रज्वलन गरियो ।

दोधारा चाँदनी– देशको समृद्धि, समानता र परिवर्तनको सपना बोकेर प्राण आहुति दिने जेन्जी आन्दोलनका अमर सहिदहरूको १३औँ दिनको पुण्यतिथिको अवसरमा शनिबार साँझ गहिरो श्रद्धासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। महाकाली फोर लाइन पुलस्थित महाकालीनदीको तटमा आयोजित कार्यक्रममा करिब ४ हजार दीप प्रज्वलन गरी सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा समाजसेवी नेता गजेन्द्र चन्द … Read more

Loading

शिवशक्ति युवा विकास समाजद्वारा मन्दिर सरसफाइ अभियान सम्पन्न

कञ्चनपुर, असोज ४ ।श्री शिवशक्ति युवा विकास समाजको पहलमा सनिबार विभिन्न मन्दिरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। समाजका अध्यक्ष दिपक दमै र स-सचिव भिम श्रेष्ठको नेतृत्वमा शिव मन्दिर, पूर्णागिरि मन्दिर र देविस्थान मन्दिर परिसरमा सरसफाइ गरिएको हो। कार्यक्रममा समाजका पदाधिकारी, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सरसफाइ कार्यक्रममा मन्दिर परिसरका फोहर व्यवस्थापन, झाडी … Read more

Loading

बालबालिकालाई धुम्रपान–मद्यपान नदिन विद्यार्थीको आग्रह

दोधारा चाँदनी । ६१ औं बाल दिवसको अवसरमा लागुऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम अम्बिका माविमा सम्पन्न भएको छ । प्रकाश सुनार (मुसा भाइ) को नेतृत्वमा आयोजित उक्त कार्यक्रममा १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई धूम्रपान तथा मद्यपान जस्ता पदार्थ नदिन आग्रह गरिएको थियो । अम्बिकामा अध्ययनरत विद्यार्थीहरूले जनचेतनामूलक प्ले–कार्ड बोकेर कालिका हाट बजार क्षेत्रमा रहेका विभिन्न पसल … Read more

Loading

विरोध प्रदर्शनका तस्बिर,भिडियो संकलनमा सहयोग गर्न प्रहरीको आग्रह

काठमाडौं । भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास सिर्जना हुने गतिविधिसम्बन्धी सामग्री संकलन गर्न नेपाल प्रहरीले आग्रह गरेको छ। प्रहरीले सो घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू भए nepalpoliceinfo@gmail.com मा पठाई सहयोग गर्न … Read more

Loading

कञ्चनपुरमा कर्फ्यू र निषेधाज्ञा जारी

कञ्चनपुर, भदौ २७ – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राख्दै सदरमुकाम महेन्द्रनगरसहित विभिन्न क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शुक्रबार जारी गरेको आदेशअनुसार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ भने बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा रहनेछ। तर, अत्यावश्यक … Read more

Loading

कञ्चनपुर कारागारबाट भागेका ४५६ मध्ये २१ जना आफैं फर्किए, ९ जना भारतीय

कञ्चनपुर, भदौ २४ – कञ्चनपुर कारागारबाट भागेका ४५६ जना कैदीबन्दीमध्ये २१ जना आफैं फर्किएको कारागार प्रशासनले जनाएको छ। तीमध्ये ९ जना भारतीय नागरिक रहेका छन्। कुल ४७८ कैदीबन्दीहरूमध्ये हालसम्म ४५६ जना फरार भएका थिए। कारागार प्रशासक रामदत्त जोशीका अनुसार, फर्किने क्रम जारी रहेकाले अन्य कैदीबन्दीहरूलाई पनि कानुनी कारवाहीको डर नराखी स्वेच्छाले फर्कन आग्रह गरिएको छ। … Read more

Loading

हमन्त्री रमेश लेखकको राजीनामा, जेनजी प्रदर्शनमा १९ को मृत्युपछि नैतिक जिम्मेवारी स्वीकार

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सोमबार साँझ मन्त्रिपरिषद् बैठकमा आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका एक मन्त्रीले जानकारी दिएका छन्। सोही दिन राजधानीमा भएको जेनजी समूहको प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ। लेखकले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट हट्ने निर्णय … Read more

Loading

महाकाली फिड र प्रजना बुक्सको सहयोगमा प्रहरी कार्यालयमा सानो पुस्तकालय

दोधारा चाँदनीस्थित इलाका प्रहरी कार्यालयमा हिरासत तथा कैदीबन्दीलाई अध्ययन गर्ने अवसर उपलब्ध गराउन सानो पुस्तकालय स्थापना गरिएको छ। महाकाली फिड प्रा.लि.को सौजन्यमा कार्यालयलाई पुस्तक र कपडा राख्न मिल्ने दराज हस्तान्तरण गरिएको छ भने प्रजना बुक्स एण्ड स्टेशनरी प्रा.लि.ले २५ वटा पुस्तक सहयोग गरेको हो। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगत गाह मगरले हिरासतमा रहेका … Read more

Loading

कञ्चनपुरमा Gen Z को प्रदर्शन : सामाजिक सञ्जाल बन्द, विपिन जोशीको रिहाई र निर्मलाको न्यायको माग

कञ्चनपुर – सामाजिक अन्याय, अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश र बढ्दो भ्रष्टाचारविरुद्ध कञ्चनपुरमा आज Gen Z (सन १९९७ देखि २०१२ बीच जन्मिएका युवापुस्तालाई जनाउने शब्द) ले नेतृत्व गरेको विरोध प्रदर्शन सम्पन्न भएको छ। प्रदर्शनमा सयौं विद्यार्थी, युवाहरूको उल्लेखनीय सहभागिता रह्यो। प्रदर्शनकारीहरूले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भन्दै विरोध जनाए। उनीहरूले … Read more

Loading

अनाथ बालबालिकालाई जोशी र टोलीद्वारा ‘एक छाक’ सेवा

भीमदत्त – स्थानीय युवा बिरेन्द्र जोशीले हिजो समाज कल्याण बाल आश्रम भीमदत्तमा करिब २५–३० जना अनाथ बालबालिकालाई ‘एक छाक’ कार्यक्रमअन्तर्गत खाना खुवाएका छन्। जोशीले दिलबहादुर रावत, कुबेर थापा, विकास पौडेल र जीवन धामीको साथ सहयोगमा आश्रममै गएर आफैं खाना पकाई बालबालिकालाई खुवाए र उनीहरूसँगै बसेर भोजन समेत गरे। आयोजक जोशीले भने, “हाम्रो सानो प्रयासले बालबालिकाको … Read more

Loading