Clickable Banner Ad

सुदूरपश्चिमको रिफरल अस्पताल ३०० शैय्यामा स्तरोन्नति हुँदै, केन्द्रीय अस्पताल बन्ने प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन केन्द्रीय सरकारलाई प्रस्ताव गरेको छ । २ सय शैय्या रहेको सो अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नती गर्न प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई पत्राचार गरेको हो ।

Advertisement

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ३ सय शैय्यामा स्तरोन्नती गरी केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेशको प्रादेशिक रिफरल अस्पतालसमेत रहेको सो अस्पताललाई केन्द्रीय अस्पताल बनाइए सो प्रदेशमा तीन वटा केन्द्रिय अस्पताल रहनेछन् ।

हाल डडेलधुरा अस्पताल र प्रस्तावित गेटा मेडिकल कलेज अस्पताललाई केन्द्रीय अस्पताल मातहतमा नै राखिएको छ । सो अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नती गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा मन्त्रालयमा छलफल भइरहेको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा।

कृष्ण पौडेलले बताए । तीन सय शैय्या स्तरोन्नती गर्ने प्रस्ताव आएको छ,’ उनले भने ‘छलफलकै चरणमा छ, निर्णय भइसकेको छैन ।

News Source click here

Loading

Leave a Comment

Advertisement
Advertisement