Clickable Banner Ad

वडा अध्यक्ष विक्रम चन्दको पहलमा महाकाली आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय सञ्चालन दोधारा चाँदनी

दोधारा चाँदनी नगरपालिका वडा नं १ का वडा अध्यक्ष विक्रम चन्द को पहलमा महाकाली आदर्श माध्यमिक विद्यालय मा पुस्तकालय सञ्चालनमा ल्याइएको छ। विद्यार्थीहरूलाई गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस पुस्तकालयले शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Advertisement

वडा अध्यक्ष चन्द ले पुस्तकालय समंचालन आएपछि विद्यार्थीहरूलाई अध्ययनमा प्रेरित गर्दै उनीहरूको उज्जवल भविष्य निर्माणमा मद्दत गर्नेछ।” विद्यालयका शिक्षकले वडा अध्यक्ष विक्रम चन्द को यस महत्वपूर्ण पहलको प्रशंसा गर्दै पुस्तकालयलाई निरन्तर स्तरोन्नति गर्दै लैजान आवश्यक रहेको बताए। स्थानीय अभिभावक तथा विद्यार्थीहरूले पनि पुस्तकालय स्थापना प्रति खुसी व्यक्त गर्दै यसबाट पढ्ने संस्कारलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

वडाले भविष्यमा पुस्तकालयलाई थप आधुनिक प्रविधिसहित डिजिटल शिक्षण केन्द्र को रूपमा विस्तार गर्ने योजना बनाएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement