Clickable Banner Ad

महाकाली नदी किनारका बस्ती जोगाउन सेना परिचालन, गृहमन्त्री लेखकको भनाइ

कञ्चनपुर —
गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्तीहरूलाई बाढीको जोखिमबाट जोगाउन नेपाली सेनालाई बाँध निर्माणको जिम्मा दिइएको बताएका छन्। आइतबार भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको अनुगमन गर्दै उनले वर्षा सुरु हुनुअघि नै बाँध निर्माण सम्पन्न गर्नेगरी सेनालाई जिम्मेवारी दिइएको जानकारी दिए।

Advertisement

गृहमन्त्री लेखकले भने, “महाकाली किनारका बस्ती वर्षौंदेखि बाढीको जोखिममा छन्। ती बस्ती जोगाउन गृह मन्त्रालयले सेनासँग समन्वय गरेर विशेष निर्णयमार्फत काम अगाडि बढाएको हो।”

उनले बाँध निर्माणमा अब बजेट अभावका कारण रोकावट नआउने स्पष्ट पार्दै भने, “बस्ती जोगाउन सरकारले आवश्यक सबै बजेटको व्यवस्था गर्छ।”

गत वर्ष महाकालीको बाढीले २६० मिटर बाँध भत्काएपछि नदीको धार बस्तीतर्फ मोडिएको थियो। यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका बस्तीहरू थप जोखिममा परेपछि सरकारले सो क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

गृहमन्त्री लेखकले नदीले चारलेन पुल र बस्तीलाई समेत जोखिममा पारेको जनाउँदै स्थायी समाधानका लागि गुणस्तरीय र समयमै काम सम्पन्न गर्न निर्माण टोलीलाई निर्देशनसमेत दिए।

उनका अनुसार जेठ ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सेनालाई एक महिनाभित्र बाँध निर्माण सम्पन्न गर्ने जिम्मेवारी दिइएको हो।

Loading

Leave a Comment

Advertisement
Advertisement