महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको तटबन्ध पुनर्निर्माणका लागि निर्माण सामग्री पुर्याउँदै गरेको नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ। शुक्रबार बिहान भएको उक्त दुर्घटनामा तीन जना सैनिक घाइते भएका छन्।
सेनाको ट्रक निर्माणस्थलतर्फ जाँदै गर्दा नदी किनारको उकालो बाटोमा अचानक अनियन्त्रित भई पल्टिएको हो। ट्रक पल्टिँदा तीन जना सैनिक घाइते भएका छन् ।
घाइते सैनिकहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ।
महाकाली नदीमा निर्माण भइरहेको गाइडबन्ड र च्यानलाइजेसनको हाल तीव्र गतिमा अगाडि बढिरहेको छ भने निर्माण सामाग्री ढुवानीमा सेना सक्रिय रूपमा खटिएको छ।
![]()