Clickable Banner Ad

बेलौरीबाट नियन्त्रणमा लिइएको पाटेबाघ शुक्लाफाँटा निकुञ्जमा छाडियो

कञ्चनपुर — बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ।

Advertisement

डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो। आइतबार बेलुका गहुँबारीबाट सुरक्षित रूपमा उद्धार गरी ल्याइएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो। बाघ स्वस्थ रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाड्ने निर्णय गरिएको हो।

डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपछि बाघलाई निकुञ्जमै छाडिएको प्रमुख ठाकुरले जानकारी दिए।

यसअघि, टेंढुवा गाउँमा स्थानीयले बाघ देखिएको सूचना दिएका थिए। त्यसपछि वन कार्यालयको टोली घटनास्थल पुगेको थियो। उद्धार गरिएको बाघले मानवीय क्षति भने पुर्‍याएको थिएन।

Loading

Leave a Comment

Advertisement
Advertisement