दोधारा चाँदनी, असार १५
आज बिहान ८ बजेको मौसम पूर्वानुमान बुलेटिन अनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका तथा वरपरका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो तथ्यांक र पूर्वानुमान अनुसार वर्षा निरन्तर जारी रहने देखिएकाले महाकाली नदी तटीय क्षेत्रहरूमा डुबानको जोखिम रहेको बताइएको छ। यस्तो अवस्थामा नदी आसपास तथा होचा भू-भागमा बसोबास गर्ने स्थानीयवासीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
सतर्कताका लागि हामिले मोबाइलमार्फत SMS पठाएका छौं, दोधारा चाँदनी नगरपालिका विपद् शाखा प्रमुख अमृत बिकले जानकारी दिए।

नगरपालिकाले सबै नागरिकलाई सम्भावित विपद्को पूर्व तयारी गर्न, सुरक्षित स्थानमा सरि बस्न र आधिकारिक सूचना र निर्देशनको पालना गर्न अनुरोध गरेको छ।
![]()