Clickable Banner Ad

दोधारा चाँदनी–८ सुन्दरनगरमा दोस्रो पटक ९ साइड फुटबल प्रतियोगिता सञ्चालन

कञ्चनपुर, दोधारा चाँदनी – दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ स्थित सुन्दरनगरको खेलमैदानमा दोस्रो पटक ९ साइड फुटबल प्रतियोगिता सुरु भएको छ। श्री ग्रामीण विकास तथा युवा सशक्तिकरण केन्द्रका युवाहरूको आयोजनामा मङ्गलबार सुरु भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ८ का वडा सदस्य भरत नेपालीले गर्नु भएको हो।“राष्ट्रको लागि खेल, स्वास्थ्यको लागि खेल” भन्ने मूल नाराका … Read more

Loading

दोधारा चाँदनी–१ र ३ मा मिटर रिडिङ नगर्ने कर्मचारीको लापरवाही, स्थानीय हैरान

कञ्चनपुर, दोधारा चाँदनी –दोधारा चाँदनी नगरपालिका–१ र वडा नम्बर ३ का स्थानीय बासिन्दाहरू विद्युत् प्राधिकरणको लापरवाहीका कारण हैरान भएका छन्। विद्युत् मिटरको रिडिङ समयमै नगर्दा महिनौँको बिल एकैपटक थोपारिने, ढिलो भुक्तानी भनेर ब्याज थपिने, अनि अनावश्यक मानसिक तनाव सिर्जना भएको उपभोक्ताहरूको गुनासो छ। तीन–चार महिनासम्म कोही कर्मचारी मिटर रिडिङ गर्न घरमा नआएको स्थानीयहरूले बताएका छन्। … Read more

Loading

नेपाल तरुण दल दोधारा चाँदनीको नयाँ नगर कार्यसमिति चयन, सन्दीप बस्नेत अध्यक्षमा निर्वाचित

दोधारा चाँदनी, कञ्चनपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल दोधारा चाँदनी नगरपालिकामा नयाँ नगर कार्यसमिति चयन गरिएको छ। बुधबार सम्पन्न अधिवेशनबाट सन्दीप काजी बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो। कार्यक्रममा नेपाल तरुण दल कञ्चनपुरका जिल्ला सभापति महेश चन्द प्रमुख अतिथि थिए। उनले नव निर्वाचित नेतृत्वलाई बधाई दिँदै लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा एकढिक्का … Read more

Loading

बि. पि. को ४३ औं स्मृति दिवसमा फलफूल वितरणसहित श्रद्धाञ्जली

दोधारा चाँदनी- नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा महामानव बि. पि. कोइरालाको ४३ औं स्मृति दिवस दोधारा चाँदनीमा श्रद्धापूर्वक मनाइएको छ। नेपाली कांग्रेस दोधारा चाँदनी नगर समितिको आयोजनामा पार्टी कार्यालय परिसरमा सोमबार बिहान १० बजे दीप प्रज्वलन र टीका लगाएर कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर राना मगर, कांग्रेस नगर … Read more

Loading

काठमाडौँ  स्पाइकर्सको प्रशिक्षकमा लोकेन्द्र बुढा चयन, दोधारा चाँदनीका लागि गर्वको क्षण

कञ्चनपुर, दोधारा चाँदनी – एभरेस्ट महिला भलिबल लिग २०२५ का लागि काठमाडौँ  स्पाइकर्स टिमले प्रशिक्षकको रूपमा दोधारा चाँदनी नगरपालिका–१० निवासी लोकेन्द्र बुढालाई चयन गरेको छ। नेपाली सेनामा कार्यरत बुढाको यो उपलब्धि सुदूरपश्चिम प्रदेश तथा स्थानीय बासिन्दाका लागि गर्वको विषय बनेको छ। नेपालको पहिलो फ्रेन्चाइज आधारित महिला भलिबल लिगका लागि टिमहरूको अन्तिम स्क्वाड सूची तथा प्रशिक्षकको … Read more

Loading

“हर हर महादेव” का साथ दोधाराबाट गोदावरीसम्म डाक काँवड यात्रा हुने

दोधारा चाँदनी, कञ्चनपुर — दोधारा चाँदनीबाट गोदावरीसम्मको प्रथम द्रुत डाक काँवड यात्रा यही आउँदो २०८२ साल श्रावण ४ गते (आइतबार) का दिन प्रस्थान हुने भएको छ। “शिवको नामले सुरु हुने यात्रा कहिल्यै हार्दैन” भन्ने मूल नाराका साथ हुने यो धार्मिक यात्रा श्री शिव मन्दिर संरक्षण समिति दोधारा चाँदनी वडा नं ८ को आयोजनामा हुन लागेको … Read more

Loading

एस.ई.ई. र कक्षा ८ मा उत्कृष्ट नतिजा दिलाउने जनज्योति मावि सम्मानित

दोधारा चाँदनी, साउन १ –दोधारा चाँदनी नगरपालिका–८ वडा कार्यालयको आयोजनामा आज आयोजित विशेष कार्यक्रमका बीच श्री जनज्योति माध्यमिक विद्यालय र सो विद्यालयमा कार्यरत शिक्षकहरूलाई सम्मान गरिएको छ। शैक्षिक सत्र २०७९ मा कक्षा ८ (आधारभूत तह) तथा कक्षा १० (एस.ई.ई.) परीक्षामा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गरी नगरको शैक्षिक प्रतिष्ठामा महत्वपूर्ण योगदान पुर्‍याएको … Read more

Loading

दोधारा चाँदनी–१० गिरि टोलमा ट्रान्सफर्मर स्थापना, बत्तीको समस्या अन्त्य हुने विश्वास

दोधारा चाँदनी- दोधारा चाँदनी नगरपालिका–१० स्थित गिरि टोलमा डम्मर शाहीको घर नजिकै नयाँ ट्रान्सफर्मर जडान गरिएको छ। यसबाट १८ नं टोल, गिरि टोल र खडका टोलका बासिन्दाहरूलाई राहत मिल्ने विश्वास लिइएको छ। विगत केही समयदेखि सो क्षेत्रमा अत्यधिक लोडका कारण बारम्बार बत्ती जाने, भोल्टेज घट्ने जस्ता समस्या देखा पर्दै आएका थिए। नयाँ ट्रान्सफर्मर जडान भएपछि … Read more

Loading

दोधारा चाँदनीमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

कञ्चनपुर — दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीय कालु सुनारसहित एकै परिवारका ६ जना विषालु च्याउ सेवनबाट बिरामी परेका छन्। दोधारा चाँदनी इलाका प्रहरी कार्यालयका अनुसार भारतको नगरा जंगलबाट ल्याइएको जंगली च्याउको तरकारी खाँदा सुनारसहित उनका ३३ वर्षीया बुहारी गीता सुनार, १८ वर्षीया नातिनी निशा सुनार, १५ वर्षीय नाति भीम सुनार, १० वर्षीय नाति वसन्त … Read more

Loading

दोधारा चाँदनी २ खेलमैदानमा जनावर चराउनेमा कडाइ, वडा अध्यक्षको चेतावनी

दोधारा चाँदनी— असार ३० गते। दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ मा रहेको चाँदनी खेलमैदान क्षेत्रमा गाई, गोरु, भैंसी, बाख्रा लगायतका घरपालुवा जनावर चराउने क्रम तीव्र रुपमा बढ्दै गएकोले स्थानीय निकायले कडा कदम चालेको छ। आसपासका सम्पूर्ण वडावासी, कृषक, गाईवस्तु पालक तथा स्थानीय जनसमुदायलाई लक्षित गर्दै वडा कार्यालयले हालै एक सूचना जारी गर्दै खेलमैदानको सौन्दर्य, … Read more

Loading