Clickable Banner Ad

कञ्चनपुरमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

वैशाख १० कञ्चनपुर जिल्लामा पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ। भीमदत्त नगरपालिका–३ मा तीन वर्ष लामो प्रेमसम्बन्धपछि एक समलिङ्गी जोडीले कानुनी रूपमा विवाह दर्ता गराएका हुन्। सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई कानुनी रूपमा मान्यता दिन आदेश दिएको भए पनि व्यवहारमा धेरै ठाउँमा दर्ता प्रक्रिया सहज छैन। यस्ता परिस्थितिमा कञ्चनपुरको यो पहललाई समावेशी अधिकारप्रतिको महत्वपूर्ण कदमको रूपमा … Read more

Loading

महाकाली प्रादेशिक अस्पतालको फेसबुक पेजबाट विवादास्पद पोस्ट, प्रशासनद्वारा खण्डनसहित माफी

कञ्चनपुर, वैशाख ९ – महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरको आधिकारिक फेसबुक पेजमार्फत आइतबार सार्वजनिक गरिएको एक विवादास्पद पोस्टले सामाजिक सञ्जालमा व्यापक चासो र आलोचना बटुलेको छ। निजी विद्यालयका आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै गरिएको उक्त टिप्पणीलाई धेरैले अस्पताल जस्तो सरकारी संस्थाबाट गरिएको अभिव्यक्तिको रूपमा लिएर आपत्ति जनाएका थिए। उक्त पोस्ट सार्वजनिक भएपछि अस्पताल प्रशासनले आज एक विज्ञप्ति … Read more

Loading

शिक्षक आन्दोलनकै बीच कक्षा १२ को परीक्षा वैशाख ११ देखि हुने

वैशाख ०९ – शिक्षा ऐन संशोधनको मागसहित देशभरका शिक्षकहरूले राजधानी केन्द्रित आन्दोलन गरिरहेका बेला कक्षा १२ को वार्षिक परीक्षा भने तोकिएकै मितिमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षालाई शिक्षक नपरे निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डको बैठकमा सहभागी अधिकांश सदस्यहरूले निजामती … Read more

Loading

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितका आरोपी थुनामा, कार्यान्वयन प्रक्रिया अन्योलमा

२२ चैत, काठमाडौं — संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको छ। लामिछानेलाई यसअघि जिल्ला अदालत रुपन्देहीले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश बदर … Read more

Loading

पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध र्‍याली

दोधारा — काठमाडौंको तिनकुनेमा पत्रकार सुरेश रजकको विभत्स हत्या भएको घटनाको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकालिएको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको आयोजनामा शनिबार महेन्द्रनगर बजारमा पत्रकार हत्या र सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा प्रदर्शन गरिएको हो। शुक्रबार राजावादी समूहको आन्दोलनका क्रममा उग्र प्रदर्शनकारीले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकलाई घरभित्र थुनेर आगो लगाएका … Read more

Loading

महाकाली पुलको तटबन्ध पुनर्निर्माणमा लापरबाही, स्थानीयको कडा विरोध

तमान सिङ्ग गुरुङ्ग — भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका बासिन्दाहरू तटबन्ध पुनर्निर्माणमा भएको ढिलाइप्रति आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। दोधारा चाँदनी जोड्ने चार लेनको महाकाली पुलको तटबन्ध महिनौँदेखि भत्किएको भए पनि पुनर्निर्माणमा चासो नदेखाइएको भन्दै स्थानीयहरूले विरोध प्रदर्शन गरेका हुन्। गत भदौ महिनामा महाकाली नदीमा आएको बाढीले निर्माणाधीन तटबन्ध भत्काएको थियो। पटक–पटक आग्रह गर्दा पनि … Read more

Loading