Clickable Banner Ad

मण्डली युवा क्लब– ६ ले ९ साइड लिग फुटबलको उपाधिपेनाल्टी सुटआउटमा सुन्दरनगरलाई ३–२ ले पराजित

दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरस्थित खेलमैदानमा सम्पन्न दोस्रो ९ साइड लिग फुटबल प्रतियोगितामा मण्डली युवा क्लब–६ विजयी भएको छ। श्री ग्रामीण विकास तथा युवा सशक्तिकरण केन्द्रको आयोजनामा श्रावण ६ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मङ्गलबार सम्पन्न भएको हो। निर्णायक खेलमा मण्डली युवा क्लब–६ ले सुन्दरनगर टिमलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको … Read more

Loading

दोधारा चाँदनी–९ का बासिन्दाको माग : बाटो बनाइदेऊ

दोधारा चाँदनी, दोधारा चाँदनी नगरपालिका वडा नम्बर ९ का बासिन्दा वर्षौंदेखि बाटो अभावको पीडा झेलिरहेका छन्। जीवन धामीको घरदेखि महाकालीतर्फ जाने बाटो अत्यन्त साँघुरो र जीर्ण अवस्थामा रहेको भन्दै स्थानियले गुनासो गरेका छन्। स्थानियका अनुसार करिब ६ मिटर चौडाइको हुनुपर्ने उक्त बाटो अहिले दुई मिटर पनि नपुगेको अवस्थामा छ। “एउटा अटो आएपछि बाटो पूरै ढाकिन्छ। … Read more

Loading

दुर्घटनामा घाइते गोपाल पैतोलालाई युएईबाट आर्थिक सहयोग

कञ्चनपुर, श्रावण ११ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का गोपाल पैतोला मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका बेला शुदुरपश्चिमेली नेपाली समाज युएईले आर्थिक सहयोग उपलब्ध गराएको छ। असार ८ गते महेन्द्रनगर जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागेका पैतोला अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचाररत छन्। समाजका अध्यक्ष प्रकाश बडूका अनुसार युएईमा रहेका … Read more

Loading

दोधारा चाँदनीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, चालक गम्भीर घाइते

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी–७ कञ्चंभोजमा आइतबार भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। UK03 A1462 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पोलमा ठोक्किँदा दोधारा चाँदनी–६ का तारा थापाको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक दोधारा चाँदनी–७ का २८ वर्षीय सत्यम ठाकुर गम्भीर घाइते भएका छन्। … Read more

Loading

वडा नम्बर ५ का अध्यक्ष खत्री विगत चार वर्ष देखिनै सरसफाइ र सडक सुरक्षामा निरन्तर सक्रिय

दोधारा चाँदनी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष श्री केशव बहादुर खत्री विगत चार वर्षदेखि आफ्नो वडालाई सफा, व्यवस्थित र सुरक्षित बनाउने अभियानमा अग्रसर रहँदै आउनुभएको छ। सुरुका दिनहरूमा स्वयं हँसिया, कुदालो , बोकेर सरसफाइ अभियान थालेका अध्यक्ष खत्रीले आजसम्म वडाभरिका प्रमुख चोक, विद्यालय परिसर, स्वास्थ्य चौकी र सडक किनारहरूमा नियमित सरसफाइलाई निरन्तरता दिँदै आउनुभएको … Read more

Loading

बडवाल टोलमा विद्युत सर्ट भएर गोठमा आगलागी, गाई गम्भीर घाइते

दोधारा चाँदनी – दोधारा चाँदनी नगरपालिका–३ बडवाल टोलस्थित बिर सिंह भण्डारीको गोठमा शुक्रबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा गोठमा रहेको गाई गम्भीर रूपमा घाइते भएको छ। आगलागीका कारण गोठमा राखिएका घरायसी सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्। स्थानीय बल बहादुर सुनारका अनुसार दिउँसो अचानक विद्युत लाइन सर्ट हुँदा गोठमा आगो लागेको थियो। आगो लागेपछि … Read more

Loading

कालिका हाट बजारमा सरसफाई अभियान सम्पन्न

दोधारा चाँदनी – दोधारा चाँदनी नगरपालिका–९ स्थित कालिका हाट बजार क्षेत्रमा सरसफाई अभियान सम्पन्न भएको छ। वडा नं. ९ कालिका हाट बजार व्यवस्थापन समितिको संयोजनमा सञ्चालन गरिएको अभियानमा विभिन्न सुरक्षा निकाय तथा स्थानीय तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सरसफाई अभियानमा वडा अध्यक्ष गोपिलाल कडेल, सशस्त्र प्रहरी बल बीओपी कुतियाकवर, जनपद प्रहरी टोलि बाबाथान चौकी, … Read more

Loading

दोधारा चाँदनी–८ सुन्दरनगरमा दोस्रो पटक ९ साइड फुटबल प्रतियोगिता सञ्चालन

कञ्चनपुर, दोधारा चाँदनी – दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ स्थित सुन्दरनगरको खेलमैदानमा दोस्रो पटक ९ साइड फुटबल प्रतियोगिता सुरु भएको छ। श्री ग्रामीण विकास तथा युवा सशक्तिकरण केन्द्रका युवाहरूको आयोजनामा मङ्गलबार सुरु भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ८ का वडा सदस्य भरत नेपालीले गर्नु भएको हो।“राष्ट्रको लागि खेल, स्वास्थ्यको लागि खेल” भन्ने मूल नाराका … Read more

Loading

दोधारा चाँदनी–१ र ३ मा मिटर रिडिङ नगर्ने कर्मचारीको लापरवाही, स्थानीय हैरान

कञ्चनपुर, दोधारा चाँदनी –दोधारा चाँदनी नगरपालिका–१ र वडा नम्बर ३ का स्थानीय बासिन्दाहरू विद्युत् प्राधिकरणको लापरवाहीका कारण हैरान भएका छन्। विद्युत् मिटरको रिडिङ समयमै नगर्दा महिनौँको बिल एकैपटक थोपारिने, ढिलो भुक्तानी भनेर ब्याज थपिने, अनि अनावश्यक मानसिक तनाव सिर्जना भएको उपभोक्ताहरूको गुनासो छ। तीन–चार महिनासम्म कोही कर्मचारी मिटर रिडिङ गर्न घरमा नआएको स्थानीयहरूले बताएका छन्। … Read more

Loading

नेपाल तरुण दल दोधारा चाँदनीको नयाँ नगर कार्यसमिति चयन, सन्दीप बस्नेत अध्यक्षमा निर्वाचित

दोधारा चाँदनी, कञ्चनपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल दोधारा चाँदनी नगरपालिकामा नयाँ नगर कार्यसमिति चयन गरिएको छ। बुधबार सम्पन्न अधिवेशनबाट सन्दीप काजी बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो। कार्यक्रममा नेपाल तरुण दल कञ्चनपुरका जिल्ला सभापति महेश चन्द प्रमुख अतिथि थिए। उनले नव निर्वाचित नेतृत्वलाई बधाई दिँदै लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा एकढिक्का … Read more

Loading