Clickable Banner Ad

क्यान्सर उपचारमा सहयोग: मेगा बचत सहकारीद्वारा पत्रकार धामीलाई सहयोग

कंचनपुर। क्यान्सर रोगको उपचार गराइरहनु भएका नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

Advertisement

मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड महेन्द्रनगर, कंचनपुरका प्रबन्ध निर्देशक सुनिल सेट्टि तथा सहकारीमा कार्यरत कर्मचारीहरुको तर्फबाट धामीको उपचारार्थ रु. २८,६०६ रुपैयाँ सहयोग handed over गरिएको हो।

सहयोग हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक सेट्टिले कठिन अवस्थामा धामीको स्वास्थ्य लाभको कामना गर्दै सहकारी संस्था सदैव सामाजिक उत्तरदायित्वमा अग्रसर रहने बताए।

क्यान्सर उपचारका क्रममा आर्थिक भार बढ्दै गएपछि विभिन्न संघ–संस्था तथा शुभेच्छुकले निरन्तर सहयोग प्रदान गर्दै आएका छन्। धामी हाल उपचारमा छन् र स्वास्थ्य लाभको क्रममा रहेको परिवारजनले जानकारी दिएका छन्।

Loading

Advertisement
Advertisement