Clickable Banner Ad

छोटो कार्यकाल, ठूलो प्रश्न: किन दोधारा चाँदनीमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन्?

प्रमुख प्रशासकीय अधिकृत खेमराज खत्रीको ७५ दिनमै सरुवा

Advertisement

दोधारा चाँदनी- दोधाराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज खत्रीको सरुवासँगै नगरपालिका फेरि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार खत्रीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको हो।

उपसचिव खत्री करिब ७५ दिनअघि (भदौ १२ गते) मात्र दोधाराचाँदनीमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटिएका थिए। छोटो अवधिमै गरिएको सरुवाले नगरवासी र कर्मचारीबीच विभिन्न प्रश्न उठाएको छ। “के कारणले यति छोटो समयमा फेरि सरुवा भयो?” भन्ने जिज्ञासा स्थानीय तहमा व्यापक बनेको छ।

नगरमा लामो समयदेखि स्थायित्व नआउनु, प्रमुख प्रशासकीय अधिकृतको बारम्बार परिवर्तन र निर्णय प्रक्रियामा देखिने ढिलासुस्तीले प्रशासनिक कार्यसम्पादनमा असर पर्ने स्थानीयहरूले बताएका छन्।

Loading

Advertisement
Advertisement