दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका–९ मा रहेको साहिरा किराना पसलमा प्रहरीले गरेको छापामारीबाट ३.२२ ग्राम लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। विशेष सुराकी सूचनाका आधारमा दोधारा चाँदनी इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पसलभित्रबाट लागूऔषध फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये पसलका संचालक गणेश सुनारलाई प्रहरीले मुख्य अभियुक्तका रूपमा अनुसन्धान अघि बढाइरहेको छ। घटनास्थलमै रहेका अन्य चार जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो।
तर, विस्तृत अनुसन्धानका क्रममा अन्य चार जनाको लागूऔषध कारोबारमा संलग्नता प्रमाणित नभएपछि उनीहरूलाई रिहा गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले फेला परेको ३.५ ग्राम लागूऔषध कसरी पसलमा आयो र को–को संलग्न हुन सक्छन् भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
इलाका प्रहरी कार्यालयका अनुसार बजार क्षेत्रमा पछिल्लो समय लागूऔषध संबंधित गतिविधि बढ्न थालेपछि निगरानी कडा बनाइएको छ। प्रहरीले स्थानीय व्यापारी तथा बासिन्दालाई पनि शंकास्पद गतिविधिबारे तत्काल जानकारी दिन आग्रह गरेको छ।
![]()