Clickable Banner Ad

दोधारा चाँदनी–१ मा तीन महिने ब्यूटी पार्लर तालिम सम्पन्न

खडक रावल, दोधारा चाँदनी

Advertisement

दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा सञ्चालित तीन महिने ब्यूटी पार्लर तालिम मंगलबार सम्पन्न भएको छ। महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा ३० जना सहभागी भएका थिए।

समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिमकी प्रशिक्षकले दक्ष ब्यूटीसियनको माग बढ्दो रहेको उल्लेख गर्दै, यस्ता तालिमले महिलालाई आत्मनिर्भर बनाउने मार्ग खोल्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष विक्रम बहादुर चन्दले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न सहभागी महिलाहरूलाई प्रेरणा दिँदै, आगामी दिनमा पनि महिलामैत्री कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

Loading

Leave a Comment

Advertisement
Advertisement