Clickable Banner Ad

दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरी बलद्वारा आगलागी सम्बन्धी सेमुलेसन अभ्यास सम्पन्न

कञ्चनपुर, – दोधारा चाँदनी नगरपालिकाको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा देवीस्थान गुल्मले आगलागी सम्बन्धी सेमुलेसन अभ्यास सम्पन्न गरेको छ।

Advertisement

सो अभ्यासमा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगादेवी जोशी, वडा नम्बर ३ का वडा अध्यक्ष हरिसिंह धनाडी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा देवीस्थानका गुल्मपति (DSP) सन्तोष वीरसिंह मल्ल, सीमा सुरक्षा चौकी (BOP) का प्रमुख तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

सेमुलेसन अभ्यासमा आगलागी नियन्त्रण तथा उद्धार प्रक्रियाका विभिन्न पक्षबारे जानकारी गराइयो। अभ्यासका क्रममा आगलागी रोकथाम, सुरक्षाका उपायहरू, उद्धार तथा राहत कार्यका रणनीतिहरू प्रदर्शन गरियो।

यस किसिमको अभ्यासले आपत्कालीन अवस्थामा उचित प्रतिक्रिया दिने क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement