Clickable Banner Ad

जन्मदिनमा पत्रकार भुपेन्द्र ओलीद्वारा पत्रकार कल्याण कोषमा आर्थिक सहयोग

कञ्चनपुर — कञ्चनपुरबाट प्रकाशित हुने दोधराचाँदनी खबरका प्रकाशक तथा पत्रकार भुपेन्द्र ओलिले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा आर्थिक सहयोग गरेका छन्।

Advertisement

आफ्नो जन्मदिनको अवसरमा उनले कोषको स्थापनार्थ ५ हजार १ सय १ रुपैयाँ सहयोग गरेका हुन्। महासंघले पत्रकारहरूको हितका लागि स्थापना गर्न लागेको कोषमा पवित्र भावनाका साथ सकेको सहयोग गरेको ओलिले बताए।

“यो कोष पत्रकारहरूको आपत्‌का बेला ठूलो सहारा बन्नेछ। आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने।

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीले पत्रकार ओलिको योगदानप्रति आभार व्यक्त गर्दै अन्य पत्रकार तथा शुभेच्छुकहरूबाट पनि सहयोगको अपेक्षा गरिएको बताए।

उनका अनुसार कोषको ब्याज रकमबाट पत्रकारहरूलाई दुर्घटना, गम्भीर रोग, परिवारजनको निधन जस्ता आपत्कालीन अवस्थामा आर्थिक सहारा दिने उद्देश्य रहेको छ।

धामीले पत्रकारहरूको कठिन घडीमा सहयोग पुग्ने गरी स्थायी संरचना निर्माण गर्ने सोचमा कोष स्थापना गरिएको उल्लेख गर्दै सबै क्षेत्रका व्यक्तिहरूलाई सक्दो आर्थिक सहयोग गर्न आह्वान गरेका छन्। “एक एक थोपा मिलेर समुद्र बन्छ। सबैको सहयोग आवश्यक छ,” उनले भने।

Loading

Leave a Comment

Advertisement
Advertisement