Clickable Banner Ad

सिमा क्षेत्र कञ्चंभोजबाट अवैध काठ बरामद, गिरोह सक्रिय रहेको आशंका

कञ्चनपुर, साउन १५ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ स्थित कञ्चंभोज क्षेत्रबाट सागुनका ९ काठका गोलिया बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको सुराकी टोलीले गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश ०२–००१ त–००४९ नम्बरको ट्र्याक्टर र ट्रलीसहित सागुनका ९ थान गोलिया बरामद गरेको हो।

Advertisement

बरामद गरिएको काठ, ट्र्याक्टर र ट्रलीलाई आवश्यक अनुसन्धानका लागि सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मझगाउँमा पठाइएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जानकारी दिएको छ।

स्थानीयवासीका अनुसार उक्त काठ भारतको सीमावर्ती क्षेत्र नगरा स्थित जंगलबाट तस्करी गरिएको हुन सक्ने आशंका गरिएको छ। कञ्चंभोजकै एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, “बिगत केही दिनदेखि भारतको नगरा जंगलमा एक गिरोह सक्रिय देखिएको छ। त्यहाँबाट रातारात काठ काटेर नेपाल भित्र्याउने कार्य भइरहेको छ।”

जंगलमा काठ तस्करी बढेसँगै भारतीय सुरक्षा निकायले निगरानी कडा पारेको र त्यसको असर नेपाली सीमावर्ती बस्तीहरूमा परेको स्थानीयवासीको भनाइ छ। “सुरक्षा कडाईसँगै तस्करहरू नयाँ बाटो खोज्न थालेका छन्, जसको मारमा हामी परेका छौं,” ती स्थानीयले बताए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ। काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement