Clickable Banner Ad

बडवाल टोलमा विद्युत सर्ट भएर गोठमा आगलागी, गाई गम्भीर घाइते

दोधारा चाँदनी – दोधारा चाँदनी नगरपालिका–३ बडवाल टोलस्थित बिर सिंह भण्डारीको गोठमा शुक्रबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा गोठमा रहेको गाई गम्भीर रूपमा घाइते भएको छ। आगलागीका कारण गोठमा राखिएका घरायसी सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्।

Advertisement

स्थानीय बल बहादुर सुनारका अनुसार दिउँसो अचानक विद्युत लाइन सर्ट हुँदा गोठमा आगो लागेको थियो। आगो लागेपछि स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा ल्याउन सफल भए पनि गोठ र त्यहाँ रहेका सामग्रीहरू जोगाउन सकिएन।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार गोठभित्र रहेको गाई आगोबाट जलेर गम्भीर घाइते भएको छ। अहिले घाइते गाईको उपचारका लागि प्रयास भइरहेको स्थानीयले जनाएका छन्।

Loading

Leave a Comment

Advertisement
Advertisement