Clickable Banner Ad

नेविसंघद्वारा ‘अच्युत स्मृति अक्षयकोष’ स्थापनाका लागि रकम हस्तान्तरण

Advertisement

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले दिवंगत पूर्व सहमहामन्त्री अच्युतराज कलौनीको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गर्न दुई लाख हस्तान्तरण गरेको छ। स्वर्गीय नेता कलौनी अध्यक्ष रहेको बैजनाथ नमुना उच्च माध्यमिक विद्यालयमा उक्त अक्षयकोष स्थापना हुने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए। 

अध्यक्ष शेर्पाले बिहीबार उक्त दुई लाख रुपैयाँको बैंक चेक अच्युतका पिता जनकराज कलौनीलाई हस्तान्तरण गरेका छन्।

पछिल्लो समय नेपाली कांग्रेस कञ्चनपुर भीमदत्त नगर सभापति रहेका कलौनी गत माघ १९ गते मृत फेला परेका थिए। ‘उहाँको निधनको ९ औँ पुन्यतिथिका अवसरमा आयोजित शोक सभामा नेविसंघ केन्द्रीय समितिका तर्फबाट उहाँ अध्यक्ष रहेको विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थियौँ,’ अध्यक्ष शेर्पाले भने,‘सोहीअनुसार बुबाको हातमा आज रकमको चेक हस्तान्तरण गरेका छौँ।’

उक्त रकम हस्तान्तरण कार्यक्रममा नेवि संघका केन्द्रीय मुख्य सचिव विजय खड्का, नेवि संघ केन्द्रीय सदस्य सन्जय अधिकारी (सन्जु), र केन्द्रीय सदस्य अमृत जंग कार्की उपस्तिथि रहेका थिए ।

Loading

Leave a Comment

Advertisement
Advertisement