Clickable Banner Ad

दोधारा चाँदनी–८ ले उत्कृष्ट विद्यार्थीलाई नगद सम्मान गर्दै भविष्यमा निरन्तरता दिने घोषणा

दोधारा चाँदनी नगरपालिका–८ मा रहेको जनज्योती माध्यमिक विद्यालय, देउरालीघाट कञ्चनपुरका यस वर्ष ३ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई वडा कार्यालयले सम्मान गरेको छ।

Advertisement

वडा कार्यालयले प्रत्येक विद्यार्थीलाई नगद रु ५,००० प्रदान गर्दै प्रोत्साहन गरेको हो। साथै आगामी शैक्षिक सत्रमा पनि ३ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई यसैगरी सम्मान गर्ने प्रतिवद्धता जनाइएको छ।

वडा अध्यक्ष ओमप्रकाश रोकायाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना दिंदै मेहनत, लगनशीलता र अनुशासनमार्फत अझ ठूलो सफलता हासिल गर्न प्रेरित गर्नुभयो।

Loading

Advertisement
Advertisement