कञ्चनपुर, दोधारा चाँदनी –
दोधारा चाँदनी नगरपालिका–१ र वडा नम्बर ३ का स्थानीय बासिन्दाहरू विद्युत् प्राधिकरणको लापरवाहीका कारण हैरान भएका छन्। विद्युत् मिटरको रिडिङ समयमै नगर्दा महिनौँको बिल एकैपटक थोपारिने, ढिलो भुक्तानी भनेर ब्याज थपिने, अनि अनावश्यक मानसिक तनाव सिर्जना भएको उपभोक्ताहरूको गुनासो छ।
तीन–चार महिनासम्म कोही कर्मचारी मिटर रिडिङ गर्न घरमा नआएको स्थानीयहरूले बताएका छन्। उपभोक्ताहरूका अनुसार, वडा नम्बर १ मा सुनिल ओझा र वडा नम्बर ३ मा टेक बहादुर चन्द लाई मिटर रिडिङको जिम्मा विद्युत् प्राधिकरण दोधारा चाँदनी शाखाले दिएको भए पनि, ती कर्मचारीहरूले अहिलेसम्म घरमा गएर मिटर जाँच नगरेको आरोप छ।
![]()