कञ्चनपुर — दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीय कालु सुनारसहित एकै परिवारका ६ जना विषालु च्याउ सेवनबाट बिरामी परेका छन्।
दोधारा चाँदनी इलाका प्रहरी कार्यालयका अनुसार भारतको नगरा जंगलबाट ल्याइएको जंगली च्याउको तरकारी खाँदा सुनारसहित उनका ३३ वर्षीया बुहारी गीता सुनार, १८ वर्षीया नातिनी निशा सुनार, १५ वर्षीय नाति भीम सुनार, १० वर्षीय नाति वसन्त सुनार र ८ वर्षीया नातिनी मन्सु सुनार बिरामी परेका हुन्।
बिरामी सबै जनाको दोधारा–चाँदनी नगर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका डा. जीवन किरन स्नेहीका अनुसार बिरामीहरूको अवस्था हाल सामान्य रहेको छ।
प्रहरीले जंगली च्याउ सेवन गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
![]()