Clickable Banner Ad

दोधारा चाँदनीका धेरै विद्यालयमा कक्षा ८ मा ‘निल रिजल्ट’ — त्यसैले नगरपालिका सूचना लुकाउन व्यस्त

दोधारा चाँदनी, कञ्चनपुर — कक्षा ८ को नतिजा माग्दा शिक्षा शाखाले “कम्प्युटर चलेन” भनेर पन्छिएको र पत्रकारलाई उल्टै धम्की दिने शैलीमा बोलेको घटना पछाडि सूचना लुकाउने उद्देश्य देखिएको छ। स्रोतहरूका अनुसार, दोधारा चाँदनी नगरपालिकाभित्रका धेरै सामुदायिक तथा निजि विद्यालयमा नतिजा ‘निल’ आएको छ, जसलाई बाहिर आउन नदिने रणनीति अपनाइएको हुनसक्छ।

Clickable Video Ad

शिक्षा शाखाका प्रमुख हरिदत्त जोशी र कर्मचारी पूजा बिष्टले पत्रकारसँग गरेको व्यवहार र भिडियो प्रमाणले सोही आशंका पुष्टि गर्छ। दोधारा चाँदनी खबरले नतिजा माग्दा “अनुशासनमा बसेर बोल्नुपर्छ” भन्ने चेतावनी शैलीमा बोलेको भिडियो अहिले सार्वजनिक रूपमा बहसको विषय बनेको छ।

Advertisement
Advertisement

“नतिजा निल आएको कारण लुकाउन खोजिएको स्पष्ट देखिन्छ,” एक शिक्षक स्रोतले बताए।

यस घटनाले शिक्षा क्षेत्रको वास्तविकताप्रति आँखा चिम्लिने सरकारी प्रवृत्तिलाई उजागर गरेको छ। विगतका वर्षहरूमा पनि नगरपालिकाभित्रको शैक्षिक गुणस्तर घट्दो क्रममा रहेको भन्दै अभिभावकहरू चिन्तित हुँदै आएका छन्।

Loading

Advertisement

Leave a Comment