Clickable Banner Ad

जीवित श्रीमतीको मृत्यु दर्ता गराई सम्पत्ति हिनामिना र दोस्रो विवाह

महेन्द्रनगर/ भीमदत्त नगरपालिका–४ की गोमती देवी गिरी जीवित रहँदै, उनका आफ्नै श्रीमानले वडा कार्यालयमा झूटो विवरण पेस गरी मृत्यु दर्ता गराएका छन् । यसै फर्जी मृत्यु दर्तालाई आधार बनाएर उनले श्रीमतीको नाममा रहेको सम्पत्ति आफ्नो नाममा सारेर दोस्रो विवाह समेत गरेको खुलासा भएको छ। पीडित गोमती देवी गिरीका अनुसार, आफू पूर्ण रूपमा स्वस्थ र जीवित रहँदा समेत उनको नाममा मृत्यु दर्ता प्रमाणपत्र जारी गरिनु अत्यन्तै आपत्तिजनक र गैरकानुनी कार्य हो । उनले यो घटनामा श्रीमानसँगै संलग्न सम्भावित अन्य व्यक्तिहरूको समेत छानबिन हुनुपर्ने माग गरेकी छन्। कानुनविद्हरूका अनुसार, यस घटनामा ठगी, सार्वजनिक कागजातमा जालसाजी, सम्पत्ति हिनामिना, र विवाह ऐन उल्लङ्घन जस्ता गम्भीर कानुनी अपराधहरू लाग्छन्। पीडित पक्षले अहिले वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दर्ता गर्ने तयारी गरेको छ।

Advertisement

Loading

Leave a Comment

Advertisement
Advertisement