Clickable Banner Ad

“हर हर महादेव” का साथ दोधाराबाट गोदावरीसम्म डाक काँवड यात्रा हुने

दोधारा चाँदनी, कञ्चनपुर —

Advertisement

दोधारा चाँदनीबाट गोदावरीसम्मको प्रथम द्रुत डाक काँवड यात्रा यही आउँदो २०८२ साल श्रावण ४ गते (आइतबार) का दिन प्रस्थान हुने भएको छ। “शिवको नामले सुरु हुने यात्रा कहिल्यै हार्दैन” भन्ने मूल नाराका साथ हुने यो धार्मिक यात्रा श्री शिव मन्दिर संरक्षण समिति दोधारा चाँदनी वडा नं ८ को आयोजनामा हुन लागेको हो।

यात्रामा सहभागी काँवडीयाहरूले श्रावण ४ गते दोधारा चाँदनीबाट प्रस्थान गरी ३५५ मिनेटको यात्रा तय गरेर गोदावरीमा पुग्नेछन्। जलाभिषेक कार्यक्रम श्रावण ५ गते सोमबार शुभ साईत अनुसार सम्पन्न हुनेछ।

परशुपति नाथ काँवड संघद्वारा व्यवस्थापन गरिएको डाक काँवड यात्रामा सहभागी हुन इच्छुक भक्तजनहरूलाई समयमै सम्पर्क गर्न आयोजकले अनुरोध गरेका छन्।

कार्यक्रमको संयोजनमा रमेश रोकाया, रोशन रावल, विकास ओली, गौतम जोशीराकेश रावतको सक्रिय भूमिका रहेको आयोजक समितिले जनाएको छ। उनीहरूको समर्पण र लगनशीलताले यो धार्मिक यात्रालाई भव्य र सफल बनाउन ठूलो टेवा पुर्‍याएको छ।

कार्यक्रमका संयोजकहरूका अनुसार यात्रा पूर्ण रूपमा धार्मिक आस्था र शिव भक्ति प्रेरित रहेको छ। काँवड यात्रीहरूले यात्रा भरि “हर हर महादेव” को घोष गर्दै शिव भजन र जपमा लीन भएर यात्रा तय गर्नेछन्।

Loading

Leave a Comment

Advertisement
Advertisement