ट्रेण्डिङ


महेन्द्रनगर, १३ फागुनः आसन्न फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा यहाँको निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहरा मतदातको हार्दिकता बटुल्न व्यस्त छन् ।
नेपाली कांग्रेसको पुर्व पार्टी सभापति समेत रहनु भएका नेता बोहरा कांग्रेस कञ्चनपुरको मात्र नभई जिल्लाकै इमान्दार राजनीतिज्ञमा पर्छन् । सामाजिक सेवामा समेत अग्रसर रहने बोहरा यतिबेला सिंगो पार्टीको संरचना चलायमान बनाएर चुनावी मैदानमा अग्रसर छन् ।
जिल्ला सभापति हुँदा अघि देखि नै पार्टी संरचनामा बलियो पकड बनाएका बोहरालाई कञ्चनपुर ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पुर्व गृहमन्त्री रमेश लेखक, प्रदेश सांसदद्धय बेलबहादुर राना र मधुदेवी भारतीको वोजनदार साथ छ ।
चुनावी प्रचार प्रसारका क्रममा दैनिक मतदाताको घरदैलोमा पुगिरहेका उम्मेदवार बोहराले यहाँ कांग्रेसले जित्दा विकासमा फड्को मारेको दाबी गर्छन ।
यहाँ २०५६ सालमा कांग्रेस नेता रमेश लेखक जितेपछि दोधारा चादँनीलाई झोलुङ्गे पुल बनाएर आवागमनमा सहजता थपिदिएका थिए । त्यसअघि दोधारा चाँदनीबासीले महाकालीमा ढुंगा र भारतीय बाटो प्रयोग गरेर सरदमुकाम महेन्द्रनगर र अन्यत्र जानुपर्ने बाध्यता थियो ।
त्यसकारण दोधारा चाँदनीलाई मुलधारमा जोड्ने कामको श्रय रमेश लेखक र नेपाली कांग्रेसलाई जान्छ । त्यसपछि २०७० सालमा कांग्रेसले यहाँ बाजी मार्दा महाकाली नदीमा चार लेनको पक्की निर्माणको सुरुवात पनि कांग्रेसकै पालामा भयो । नेपाली कांग्रेसका निर्वतमान पार्टी सभापति एवं तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुलको शिलान्यास गरेका थिए । पछिल्लो पटक २०७९ मा जितेर रमेश लेखक गृहमन्त्री भएपछि दोधारा चाँदनी सुख्खा बन्दरगाहको निर्माण तिव्रता र लामो समयदेखि प्रक्रियागत अल्झन्मा रहेको मझगाउँ विमानस्थलको जग्गा अधिग्रहणको बाटो उनै लेखकको पहलमा सुल्झिएको थियो ।
महेन्द्रनगरमा एडिबीको दोस्रो प्याकेज पाउनु र गड्डाचौकीदेखि कोहलपुरसम्म ६ लेनको सडक स्तरोन्नती गर्ने कार्यको फिल्ड अनुगमन लेखक गृहमन्त्री हुँदा दातृ निकायसितको निरन्तर संवादको देन हो ।
यी र यसप्रकारका सडक पुल शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका भएको विकासको श्रय कांग्रेसले पाएकै कारण उम्मेदवार हरि बोहरालाई चुवानी प्रचारमा सहजता मिलेको नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. ३ का सभापति केशब चन्दले बताए ।
“ क्षेत्र नं. ३ मा कांग्रेसले जित्दा गरेको विकास निर्माणको फेरिस्तबारे जनता जानकार छन् ।” उनले भने–“ कञ्चनपुरलाई नेपाल–भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने एजेण्डा कांग्रेसले अघि सारेको छ ।”
उम्मेदवार बोहराले कञ्चनपुर खेलकुदको हब भएकाले यहाँ क्रिकेट लगायतका खेल संरचना निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउँछन् । नेपाली क्रिकेटमा कञ्चनपुर ३ को ठुलो योगदान रहेको बोहराको भनाई छ ।
“यहाँ सिद्धबैजनाथ, साकेतधाम, झिमिला ताल, बेदकोट तालदेखि कैयन धार्मिक पर्यटनका सम्भावना बोकेका क्षेत्र छन् ।” बोहराले भने–“यी धार्मिक पर्यटकीय गन्तव्यमा भारतीय तिर्थालुहरुलाई जोड्ने खालको दीर्ककालिन योजना अब हाम्रो एजेण्डा पनि हो ।”
उहाँले चालु आर्थिक बर्षमा कांग्रेसबाट निर्वाचित प्रतिनिधीकै कारण मझगाउँ विमानस्थलको टर्मिनल भवन निर्माणदेखि यहाँका तटवन्ध निर्माण, खानेपानी आयोजना, शहरी विकास कार्यक्रम, बस्ती विकास कार्यक्रम, प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका करोडौ बजेट बिनियोजन भएर कार्यान्वयनको प्रक्रिया रहेको जानकारी दिनुभयो ।
“ १५ सेकेण्डको टिकट, रिल्सको भिडियो हेरेर जनतालाई भ्रमित पार्ने काम चुनावी माहोलमा हुदैछ ।” बोहराले भने–“ मुलुकको अहिलेको अवस्थालाई सही दिशमा डो¥याउन सक्ने क्षमता र ल्याकत भएका उम्मेदवारहरु मतदाताको रोजाइमा पर्नुपर्छ ।” उहाँले सामाजिक सञ्जालको दरुपयोग गरेर मतदातालाई भ्रमित पार्ने कोशिस प्रति सचेत रहनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech