Clickable Banner Ad

दोधारा चाँदनीमा रतुवा मासु सहित एक जना पक्राउ

दोधारा चाँदनी, कञ्चनपुर – भदौ १७ गते इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा दोधारा चाँदनी नगरपालिका–०२ का ५६ वर्षीय व्यक्तिलाई खेतबारीमा लुकाइ–छिपाइ राखेको जंगली जनावर रतुवाको मासु सहित नियन्त्रणमा लिएको छ।

Advertisement

नियन्त्रणमा लिइएको मासु र व्यक्तिलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउ बुझाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading

Advertisement
Advertisement