Clickable Banner Ad

दोधारा चाँदनी–९ मा नववर्षको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै

दोधारा चाँदनी :
नववर्ष २०८२ को पावन अवसरमा दोधारा चाँदनी नगरपालिका वडा नं. ९ मा एक भव्य विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम २०८१ साल चैत ३१ गते साँझ ७ बजेदेखि अम्बिका माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिनेछ।

Advertisement

सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुने यस कार्यक्रममा स्थानीय कलाकारहरूको बहुआयामिक प्रस्तुतीहरू रहनेछन्।
गीत, नृत्य, नाटक लगायतका विविध कार्यक्रमहरू प्रस्तुत गरिने आयोजक समितिले जानकारी दिएको छ।

विशेष कुरा के छ भने, यस कार्यक्रमलाई प्रत्येक वर्ष नववर्षको पूर्वसन्ध्यामा नियमित रूपमा आयोजना गरिँदै आएको छ।
स्थानीय समुदायको उत्साह, सहभागिता र सांस्कृतिक योगदानले यस कार्यक्रमलाई क्षेत्रकै एउटा प्रमुख सांस्कृतिक कार्यक्रमको रूपमा स्थापित गरिदिएको छ।

कार्यक्रमको आयोजनामा कालिका हाट बजार व्यवस्थापन समिति सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
समितिले सम्पूर्ण नगरवासी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई नववर्षको उत्सवलाई थप रंगीन बनाउन हार्दिक आमन्त्रण गरेको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement