Clickable Banner Ad

लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थी भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

Advertisement

बिकाश पौडेल-स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थी भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरूबीच आपसी चिनजान, सहकार्य र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागीहरूले आगामी शैक्षिक गतिविधि, विद्यार्थीका समस्या तथा समाधानका उपायबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा क्याम्पसका सहायक प्रमुख गगन खड्का र भानु बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुभास नेगीको विशेष उपस्थिति रहेको थियो। साथै शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूबीच सम्बन्ध सुदृढ बनाउनुका साथै शैक्षिक वातावरण थप सकारात्मक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Loading

Advertisement
Advertisement