दोधारा चाँदनी। दोधारा चाँदनी नगरपालिका–६ निवासी गौमती देवी रानाले आफ्नो ४८औं जन्मदिनको अवसरमा समाजसेवी उदाहरण प्रस्तुत गरेकी छन्।

शनिबार उनले महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा पुगेर खाद्यान्न सहयोग गरेकी हुन्। रानाले अनाथालयका बालबालिकालाई एक कट्टा चामल, पाँच किलो आलु, दुई किलो दाल, दुई लिटर तेल, एक किलो नुन, चार दर्जन केरा, पाँच किलो स्याउ र दुई किलो प्याज प्रदान गरेकी छन्।
आफ्नो जन्मदिन अर्थपूर्ण बनाउन समाजसेवामार्फत खुसी बाँड्न चाहेको बताउँदै रानाले भनिन्, “जन्मदिनमा भोजभतेर गर्नेभन्दा अरूको मुखमा मुस्कान ल्याउन पाउँदा बढी सन्तुष्टि मिल्छ।”
उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। अनाथालयका बालबालिकाले रानाको सहयोगप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्।