Clickable Banner Ad

समाचार लेखेको आक्रोश ? पत्रकार बिमल धामीको घरमा उपाध्यक्ष शान्ति नाथले मान्छे पठाएको आरोप

कञ्चनपुर — बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ विरुद्ध फेरि गम्भीर आरोप सार्वजनिक भएको छ।

Advertisement

कञ्चन धामी, जो बिमल धामी की श्रीमती हुन्, उनले सामाजिक सञ्जालमार्फत आफ्नो घरमा मानिस पठाएर परिवारलाई त्रास सिर्जना गरिएको दाबी गरेकी छन्। उनका अनुसार हालैको समाचार प्रकाशनप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष नाथको संलग्नतामा यस्तो गतिविधि भएको आरोप लगाइएको हो।

धामीले आफ्ना श्रीमान् बिमल धामीबाट कुनै गल्ती भएको भए कानुनी प्रक्रिया अपनाउन आफूहरू तयार रहेको बताउँदै निर्दोष परिवारमाथि दबाब र डर देखाउनु अस्वीकार्य भएको बताएकी छन्। “गल्ती भए कानुनी कारबाही भोग्न तयार छौँ, तर बालबच्चा र परिवारलाई त्रास देखाउनु उचित होइन,” उनले उल्लेख गरेकी छन्। साथै, उनले घटनाका क्रममा प्रहरी प्रशासन मौन बसेको आरोप लगाउँदै सुरक्षा दिनुपर्ने मागसमेत गरेकी छन्।

उपाध्यक्ष शान्ति नाथ यसअघि पनि विभिन्न विवादमा तानिँदै आएकी छन्। उनीमाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ। त्यस्तै, महालेखापरीक्षकको प्रतिवेदनमा नियमविपरीत भत्ता लिएको विषय उठेको थियो भने कृषक समूहसँग अनुदानसम्बन्धी रकम माग गरेको भन्ने आरोपसमेत यसअघि चर्चामा आएको थियो, जसलाई उनले अस्वीकार गर्दै आएकी छन्।

Loading

Advertisement
Advertisement