Clickable Banner Ad

कर नीतिको विरोधमा सुनचाँदी व्यवसायीहरू अनिश्चितकालीन बन्दमा

कंचनपुर, असार १३

Advertisement

नेपाल सरकारद्वारा लागू गरिएको कर नीतिको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरूले अनिश्चितकालीन व्यवसाय बन्द गर्ने भएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त निर्णय अनुसार २०७८ साल असार १३ गते (बिहीबार) देखि सम्पूर्ण जिल्ला, नगर तथा एसोसिएट सदस्य व्यवसायीहरूले व्यवसाय बन्द गर्ने घोषणा गरेका हुन्।

संयुक्त महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले लागू गरेको अव्यवहारिक कर नीतिको विरोधमा आन्दोलनको तयारी गरिएको हो। महासंघहरूमा आबद्ध व्यवसायीहरूबाट प्राप्त लिखित तथा मौखिक सुझावका आधारमा बन्द गर्ने निर्णय लिइएको हो।”

महासंघहरूले सम्पूर्ण व्यवसायीहरूलाई आन्दोलनमा ऐक्यबद्धताका साथ सहभागिता जनाउन अपिल गरेका छन्। साथै, यस बन्दका क्रममा कुनै पनि व्यवसाय खुला नराख्न र आफ्ना ग्राहकहरूलाई समेत समयमै जानकारी गराउन महासंघले अनुरोध गरेको छ।

सुनचाँदी व्यवसायीहरू लामो समयदेखि भन्सार दर, मूल्य अभिवृद्धि कर (भीएटी) तथा राजस्व नीति लगायतका विषयमा असन्तुष्टि जनाउँदै आएका छन्।

महासंघका महासचिव निर बहादुर विश्वकर्मा र किरणभाई बज्राचार्यले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत दिइएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement