कञ्चनपुर, जेष्ट ०१ – कञ्चनपुरका महाकाली तटीय क्षेत्रअन्तर्गत पर्ने ७ वटा वडालाई सरकारले ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
वैशाख २५ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार भीमदत्त नगरपालिकाका वडा नं. ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाका वडा नं. ३, ८, ९, १० संकटग्रस्त क्षेत्र घोषित भएका हुन्।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षा यामलाई ध्यानमा राखी अस्थायी रूपमा यस्तो घोषणा गरिएको जानकारी दिए।
![]()