Clickable Banner Ad

सुदूरपश्चिममा २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर, २०८२ जेठ २१ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (PHEOC) का अनुसार सबै संक्रमितहरू कैलालीस्थित गौरिफन्टा नाकाबाट पत्ता लागेका हुन्।

Advertisement

बुधबार प्रकाशित विवरणअनुसार सुदूरपश्चिमका विभिन्न सिमाना नाकाहरूमा १,०७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। गौरिफन्टा नाकामा ७६० जनामध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो भने अन्य कुनै पनि नाकाबाट संक्रमण नदेखिएको केन्द्रले जनाएको छ।

यो अवधिमा कोभिडका कारण मृत्यु भएको कुनै पनि घटना भने रिपोर्ट गरिएको छैन।

स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा जम्मा ६ लाख १६ हजार १३ जनाको परीक्षण गरिएका छन्, जसमध्ये ९ हजार ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

अत्यावश्यक स्वास्थ्य सेवा वा थप जानकारीका लागि संचालन केन्द्रले १०२ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement