Clickable Banner Ad

महाकाली पुलमा टिप्पर र स्कुटी ठोक्किँदा दुई जना घाइते

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महाकाली नदीको चार लेन पुलमा टिप्पर र स्कुटी एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

Advertisement

बा.प्र.०३००१क ०५३२ नम्बरको टिप्परले सु.प.प्र.०२–००४ प ४४६६ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक बेतकोट नगरपालिका- निवासी ३२ वर्षीय मंगल बहादुर चन्दको दायाँ खुट्टा भाँचिएको छ। यस्तै, स्कुटीमा सवार दोधारा चाँदनी नगरपालिका–४ निवासी अन्दाजी ३० वर्षीय लोक बहादुर सिंह घाइते भएका छन्।

घाइते दुवै जनालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement